२०८३ वैशाख १६, बुधबार
९:४५:३० बिहान

एन सि एफ नेपाल बागमती प्रदेश महिला तथा युवा आयोगको तेस्रो अधिबेशन सम्पन्न

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ चैत १५, शुक्रबार

प्रकाश तामाङ
२०८१ चैत्र १५, हेटौंडा ।
६५ बर्षभन्दा पुरानो नेपाली ईसाईहरुको छाता संगठन नेपाल राष्ट्रिय मण्डली संगति(एन सि एफ) बागमती प्रदेशको महिला तथा युवा आयोगको बार्षिक तथा अधिबेशन कार्यक्रम भब्यतापुर्बक सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय मण्डली संगति(एन सि एफ) नेपालको केन्द्रिय उपाध्यक्ष एवम् रेभ. पास्टर वीर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो। हेटौंडा उपमहानगरपालिका – १० स्थित नेपाल युनाईटेड गोस्पल चर्च, हेटौडामा सम्पन्न सो अधिवेशनले लक्ष्मी तितुङ्गको अध्यक्षतामा ८ सदस्यिय बागमती प्रदेश महिला दिदिबहिनी आयोग समिति सर्वसम्मतरुपमा चयन गरेको छ। जसमा उपाध्यक्ष शोभा श्रेष्ठ, सचिव निलिमा दर्लामी, सहसचिव बाल कुमारी राई, कोषाध्यक्ष सबिता पाठक, सदस्यहरु कुमारी रोक्का, चम्पा परियार र पबिना मोक्तान रहेका छन। त्यसै गरी युवा आयोगमा अध्यक्ष प्रकाश तामाङ, उपाध्यक्ष संजय गोपाली, सचिब रमेश पाख्रीन, सहसचिब मिरा तामाङ, कोषाध्यक्ष एस्तर चौधरी, सदस्यहरु बिपना बयलकोटी, शामुयल थिङ तामाङ र रोमन तामाङ्ग चयन भएका छन। चयन भएका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा महिला आयोग बागमतीका अध्यक्ष लक्ष्मी प्रजा र युवा आयोगका अध्यक्ष वीर रत्न दोङले प्रगति विवरण प्रस्तुत गरेका थिए। यसैबिच एन सि एफ नेपाल बागमती प्रदेशका उपाध्यक्ष पास्टर बच्चीमाया नेंगी, क्वाईनोनिया मण्डलीका बरिस्ठ पास्टर रेभ. रामकृष्ण पन्तले शुभकामना मन्तब्य दिएका थिए।

कार्यक्रममा एन सि एफ नेपालका केन्द्रिय उपाध्यक्ष रेभ. पास्टर वीर बहादुर कार्की, कोषाध्यक्ष रेभ. हिमाल राई,
एन सि एफ नेपाल बागमती प्रदेशका उपाध्यक्ष पास्टर बच्चीमाया नेंगी, सचीव शेर बहादुर मोक्तान, कोषाध्यक्ष छबिलाल मोक्तान, सदस्य बाबुराम थिङ, क्वाईनोनिया मण्डलीका बरिस्ठ पास्टर रेभ. रामकृष्ण पन्त, सोलिडारिटी स्कुलका संस्थापक एवम् समाजसेवी निम टोल्मा शेर्पा, एन सि एफ नेपाल केन्द्रिय भुत पुर्ब युवा आयोग अध्यक्ष पास्टर मिलन सेढाई, केन्द्रिय युवा आयोग सदस्य पास्टर ईश्वर पाख्रीनलगायतको बाक्लो उपस्थिति रहेको थियो।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68