२०८३ जेठ २२, शुक्रबार
५:३६:४२ बेलुका

विद्यालयमा र्याकले चेपिएर बालकको मृत्यु: ३ लाखमा मुद्दा मिलाउन खोजिएको भन्दै आक्रोश

Sahayatri Logo Square
Sahayatri Khabar
२०८३ जेठ १४, बिहीबार

भरतपुर, १४ जेठ।

चितवनको भरतपुर अस्पतालमा आफ्ना ४ वर्षीय छोराको शव कुर्दै राक्सिराङका रामकुमार प्रजा मर्माहत अवस्थामा भेटिएका छन्। विद्यालयको लापरबाहीका कारण एकमात्र छोरा गुमाउनुपर्दा उनी र उनको परिवार गहिरो शोकमा छ। वैदेशिक रोजगारीमा रहेकी बालककी आमा छोराको अन्तिम मुख हेर्न नेपाल फर्कँदै छिन्।

​मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित सिलिङ्गे राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत ४ वर्षीय एरोन प्रजा विद्यालय परिसरमै रहेको जुत्ता राख्ने फलामको र्याकले चेपिएर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

​बालकका बुवा रामकुमारले न्यायका लागि कानुनी लडाइँ लड्ने र अदालत जाने तयारी गरे पनि पीडित परिवारलाई ३ लाख रुपैयाँ दिएर घटनालाई कानुनी दायरामा लैजानबाट रोकिएको र मुद्दा फत्ते गरिएको चर्चा बाहिर आएको छ।

​यस दुःखद घटनालाई लिएर स्थानीय र नागरिक समाजले आक्रोश व्यक्त गरेका छन्। पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति दिनुपर्ने, घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र आगामी दिनमा विद्यालयहरूमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न विद्यालय प्रशासन जिम्मेवार बन्नुपर्ने माग उठेको छ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
152.96
153.56
1
178.05
178.74
1
205.85
206.65
1
194.20
194.96
1
109.26
109.69
1
110.10
110.53
1
119.24
119.71
10
9.57
9.61
1
22.58
22.67
1
41.95
42.12
1
4.69
4.71
1
41.65
41.81
100
9.98
10.02
1
16.38
16.45
1
23.82
23.92
1
19.52
19.60
1
498.32
500.28
1
405.65
407.24
1
397.29
398.85