ख्रीस्टियन समाज राप्तीको दोस्रो अधिबेशन: अध्यक्षमा पास्टर सिताराम निर्बाचित

Sahayatri Khabar fav icon
Sahayatri Khabar
November 9, 2025

२३ कार्तिक २०८२, चितवन ।
ख्रीस्टियन समाज राप्ती नगरपालिकाको दोस्रो अधिबेशनबाट अध्यक्षमा पास्टर सिताराम तामाङ निर्बाचित हुनुभएको छ।
बिगत ६ बर्षदेखी पुर्बी चितवन राप्तीमा इसाईहरु बिच सेवाकाई गर्दै आईरहेको राप्ती ख्रीस्टियन समाजको छैटौं साधारण सभा तथा दोस्रो नगर अधिबेशन आइतबार सम्पन्न भएको हो।
समाजको अधिबेशन कार्यक्रम आदर्श हेब्रोन चर्च बिरेन्द्रनगरमा आयोजना गरिएको हो।

अधिबेशनले ९ औं सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा पास्टर बुद्धिलाल प्रजा, सचीव पास्टर मीन कुमार प्रजा, सहसचिव पास्टर बम बहादुर पुन, कोषाध्यक्ष पास्टर फुलमाया तामाङ, सदस्यहरु पास्टर कर्ण बहादुर वाईबा, योगेन्द्र ओली, रामकृष्ण राई, युसुफ थिङ चयन हुनुभएको हो। यसैबिच अधिबेशनले सल्लाहकारहरुमा प्रमुख सल्लाहकार पास्टर सोमिलाल तामाङ, अन्य सल्लाहकार पास्टर गायश मुक्तान, पास्टर तारासिङ गुरुङ, पास्टर बिनोद पुन, पास्टर शेर बहादुर मुक्तान, पास्टर पुर्ण बहादुर आचार्य र पास्टर धन माया तामाङलाई चयन गरेको हो।

समाजका अध्यक्ष पास्टर सोमिलाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एवम् राप्ती नगरपालिका वडा नम्बर ८ का अध्यक्ष साथै पास्टर पुर्ण बहादुर आचार्य उपस्थित हुनुहुन्थ्यो। उहाँले समाज निर्माण र रुपान्तरणमा पास्टरहरुको ठूलो योगदान रहेको भन्दै इसाईहरुको एकता, समाजसेवा लगायतको कार्यमा निरन्तरता जोड दिन नयाँ कार्यसमितिलाई आग्रह गर्नुभएको छ।

कार्यक्रममा सयौ चर्चका पास्टरहरुको सहभागीता हुनुका साथै युवा संगतिका पदाधिकारीहरुको बाक्लो सहभागीता रहेको थियो। संचालन कार्यवाहक सचीव पास्टर पिटर तामाङले गरेको कार्यक्रममा धर्मशास्त्र बाइबलबाट अन्तरास्ट्रिय प्रचारकले प्रबचन दिनुभएको थियो भने अनुबादन पास्टर सलोमोन तामाङले गर्नुभएको थियो।