२०८३ जेठ २२, शुक्रबार
७:५०:४३ बेलुका

एनसिएफ नेपाल बागमती युवाले गरे साउण्ड इन्जिनियरिङ तालिम

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ मंसिर ३, बुधबार

२०८२ मंसिर ३
हेटौंडा।
राष्ट्रिय मण्डली संगति(एनसिएफ) नेपाल बागमती प्रदेश युवा आयोगको आयोजनामा `३ दिने चर्च साउण्ड इन्जिनियरिङ तालिम´ सम्पन्न भएको छ । तालिम कार्तिक ३० गतेदेखि शुरु भई मंसिर २ गते मकवानपुरको हेटौंडा १९ स्थित बस्तिपुर नेपाल समर्पण मण्डलीमा सफलतापुर्बक सम्पन्न भएको हो।

तालिममा प्रमुख प्रशिक्षक अडियो बगैंचा स्टुडियोको प्रमुख
अबिनाश श्रेष्ठ सहित अन्य प्रशिक्षक हारुका श्रेष्ठ, सामुएल नेपाली र शाउल सुनार सहभागी थिए। तालिममा बागमती प्रदेशका जिल्लाहरुबाट २८ जनाको उत्साहजनक सहभागीता रहेको थियो। तालिमले अत्यन्तै प्रभावकारी र मण्डली ब्यबस्थापनमा ठूलो टेवा पुगेको तालिमका सहभागीले बताएका छन् । केही सहभागीका अनुसार ३ दिन तालिमले सिकाई राम्रो भएपनी कम्तिमा एक हप्ता हुँदा झनै प्रभावकारी हुने सुझाव दिए।

आयोजक अध्यक्ष एवम् एनसिएफ नेपाल बागमती प्रदेश युवा आयोगका अध्यक्ष प्रकाश तामाङले बागमती प्रदेश भरीका युवाहरूलाई पृथक र स्वावलम्बीपन तालिम प्रदान गर्ने आफ्नो प्रमुख एजेन्डा रहेकोले साउण्ड इन्जिनियरिङ तालिम आयोजना गरेको बताए। उनले यसप्रकारको तालिमले मण्डलीको ब्यबस्थापन, युवाहरुको ब्यबस्थापन र पर्मेस्वरको राज्य बिस्तारमा ठूलो सहयोग पुग्ने भन्दै कार्यक्रमको आयोजना गरेको बताए। उनले थप्दै भने- मण्डलीका युवाहरु सीप र ज्ञानमा अब्बल हुन सकेमा आफ्नै देशभित्र स्वाबलम्बी बन्न सकिने बताएका छन् । आगामी दिनमा अझै धेरै सीप मुखी तालिमको आयोजना गर्ने समेत घोषणा गरेका छन् । उनले तालीमका लागि दक्ष प्रशिक्षक जुराइदिएको भन्दै एनसिएफ नेपाल केन्द्रिय युवा आयोगका अध्यक्ष लाजरस तामाङलाई धन्यवाद ब्यक्त गरे।

कार्यक्रम संयोजक एवम् एनसिएफ नेपाल मकवानपुर जिल्ला युवा आयोगका संयोजक सागर रुम्बाले आफ्नो संयोजकत्वमा कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्न सकेकोमा खुशी ब्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद ब्यक्त गरे।


समापन कार्यक्रममा तालिममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए भने प्रशिक्षकहरुलाई सम्मानपत्र र मायाको चिनो द्वारा सम्मान गरिएको थियो।

समापन कार्यक्रममा एनसिएफ नेपाल केन्द्रिय युवा आयोगका सचिव वीर रत्न दोङ(रोज), निबर्तमान केन्द्रिय युवा आयोगका अध्यक्ष पास्टर मिलन सेढाई, पास्टर महिमा लामा, फिल्मीकर्मी एवम् सेवक अजय लामा, युवा आयोग बागमतीका कोषाध्यक्ष पास्टर एस्तर चौधरी लगायतको उपस्थिती रहेको थियो।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
152.96
153.56
1
178.05
178.74
1
205.85
206.65
1
194.20
194.96
1
109.26
109.69
1
110.10
110.53
1
119.24
119.71
10
9.57
9.61
1
22.58
22.67
1
41.95
42.12
1
4.69
4.71
1
41.65
41.81
100
9.98
10.02
1
16.38
16.45
1
23.82
23.92
1
19.52
19.60
1
498.32
500.28
1
405.65
407.24
1
397.29
398.85