मनहरी – प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मनहरी गाउँपालिका ४ नं वडाले हात पारेको छ । प्रतियोगितामा ३ नं वडाको टिमले उपविजेतामा चित्त बुझायो ।
मनहरी गाउँपालिका– ४ गोलघरस्थित खेल मैदानमा माघ २३ गतेदेखि जारी प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलको पाँचौ सेटमा १५–११ अंकमा ४ नं वडाले जीत निकालेको हो । त्यसअघिका भएका ४ सेट खेलमध्ये पहिलो सेट ४ नं वडाले २५–२३ अंकमा सकसका साथ जितेको थियो ।
त्यसपछिका दोस्रो र तेस्रो सेटमा २५–१९ र २५–१७ मा लगातार वडा नं ३ ले जीत हासिल गरेपछि अत्तालिएको ४ नं वडाले पुनः चौथो सेटमा ३ नं वडालाई ब्रेक लगाएको थियो । दुबै टिमले २, २ सेट जीत हासिल गरेपछिको अन्तिम १५ अंकको सेटमा ४ नं वडाले ३ नं वडालाई १५–११ मा पराजित गरिदिएको थियो ।
यसअघि बिहीबार भएको सेमिफाइनल खेलमा वडा नं ३ ले वडा नं ७ लाई र वडा नं ४ ले वडा नं ५ लाई पराजित फाइनल यात्रा तय गरेको थियो । बिजेता र उपबिजेता टिमलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर लगायत प्रमुख अतिथि, बिशिष्ट अतिथि र अतिथिहरुले शिल्ड, प्रमाण पत्र र पुरस्कार रकम बितरण गरेका थिए ।
पहिलो हुने ४ नं वडाको टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने ३ नं वडाले ३० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा बेस्ट सटर ४ नं वडाका प्रज्वल अधिकारी, बेस्ट डिफेन्डर वडा नं ३ का इमान सिं थिङ, बेस्ट ब्लकर वडा नं ३ का अजित थिङ, बेस्ट स्पाइकर वडा नं ३ कै आशिष मुक्तान, उदयीमान खेलाडी वडा नं ४ का रञ्जन बिडारी घोषित भए ।
उनीहरु प्रत्येकले ट्रफी, प्रमाणपत्र तथा नगद ३ हजार रुपियाँ प्राप्त गरेका थिए । त्यसैगरी बेस्ट कोच ४ नं वडाका रामेश्वर कार्की घोषित भए । बेस्ट प्लेयरको रुपमा प्रमाणपत्र, ट्रफी र नगद ५ हजार रुपियाँसहित वडा नं ४ का जोसन गौतमले प्राप्त गरे ।
पुरस्कार बितरण तथा प्रतियोगिता समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललित घलानले खेल क्षेत्रमार्फत युवाको व्यक्तित्व र नेतृत्व विकास गर्ने र अनुशासन सिकाउने कुरामा स्थानीय सरकारले गरिरहेको योगदानको चर्चा गरे । कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, २ नं वडाध्यक्ष राजकुमार पाख्रीन, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका २ नं क्षेत्रका सभापति सन्जीव पाठक लगायतले शुभकामना व्यक्त गरेका थिए । आयोजक मनहरी खेलकुद विकास समितिका अध्यक्ष बिरु लामाको सभाध्यक्षतामा पुरस्कार बितरण तथा समापन कार्यक्रम आयोजना भएको हो ।
मनहरी उपाध्यक्ष कप भलिबलको उपाधि ४ नम्बर वडालाई



यो पनि पढौँ


ताजा खबर
सबै
चितवनका विकट चेपाङ बस्तीमा ‘सुन्दर नेपाल सरसफाइ अभियान’द्वारा राहत वितरण

निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी

विद्यालयमा र्याकले चेपिएर बालकको मृत्यु: ३ लाखमा मुद्दा मिलाउन खोजिएको भन्दै आक्रोश

राक्सिराङ घटना: अस्पतालमा उपचाररत बालक एरोनको निधन, आमा विदेशमै बेहोस









































