२०८३ जेठ २२, शुक्रबार
६:४२:५४ बेलुका

मनहरीको दुई दिने ल्होछार कार्यक्रम मुख्यमन्त्री लामाले उद्घाटन गर्ने, ज्योती मगर आउने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ माघ २, बुधबार

२ पौष २०८१
मनहरी ।  मकवानपुरको मनहरीमा तामाङ समुदायको महान चाड सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । मनहरी गाउँपालिका–७, स्थित बुद्ध शान्ति हरित पार्कमा २८६१ (डुल ल्हो) सोनाम ल्होछारको अवसरमा २ दिने वृहत् साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

कार्यक्रम बारे जानकारी दिन बुधबार कार्यक्रम स्थल बुद्ध शान्ति हरित पार्क परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिईएको हो । कार्यक्रम माघ १६ र १७ गते बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यमा हुने जनाएको छ ।
तामाङ समुदायको भाषा, भेषभुषा, सामाजिक संस्कार र सस्कृतिको संरक्षण एवम् प्रवद्वर्न गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक सुरेश कुमार मुक्तानले जानकारी दिए ।
सोही अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति र झाँकी प्रदर्शन हुने ल्होछार मुल आयोजक समितिका संयोजक सुरेशकुमार मोक्तानले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकार ज्योति मगर , मिलन लामा, जिवन भोम्जन , बालिका तामाङ सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने बताए ।
कार्यक्रममा स्थानीय स्तरको मौलिक खाना तथा तामाङ समुदायको परिकार स्टलसँगै बाल उद्यानसहित रहेनछ । कार्यक्रममा करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँको भनाई छ ।  कार्यक्रमको मुख्य सहयोगीको रुपमा मनहरी गाउँपालिका र मनहरी –७ को वडा कार्यालय रहेको जनाएको छ ।
पत्रकार सम्मेलन मनहरी गाउँपालिका वडा नं.–७ का अध्यक्ष ठाकुर तितुङ , राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, साङग छ्योइफेल गुम्बाका अध्यक्ष गौतम लामा लगायत तामाङ समुदायको अग्रज व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
152.96
153.56
1
178.05
178.74
1
205.85
206.65
1
194.20
194.96
1
109.26
109.69
1
110.10
110.53
1
119.24
119.71
10
9.57
9.61
1
22.58
22.67
1
41.95
42.12
1
4.69
4.71
1
41.65
41.81
100
9.98
10.02
1
16.38
16.45
1
23.82
23.92
1
19.52
19.60
1
498.32
500.28
1
405.65
407.24
1
397.29
398.85