२७ माघ २०८२
राप्ती ।
पूर्वी चितवन राप्ती नगरपालिका वडा न ७ मा अवस्थीत साँघ छेवाङ्ग टासी बौद्ध गुम्बा परिसरमा बौद्ध धर्मका अनुयायीहरूका लागि आस्थाका धरोहर २ स्तुपा ,चैत्य छोर्तेन निर्माण गरिने भएको छ। स्वर्गीय माता पिता बुद्धि कुमारी नेगी तामाङ् र आइते सिंह रुम्बा लामाको सम्झनामा छोरा बुहारीहरुले उक्ता चैत्य तथा छोर्तेन निर्माण गर्न लागिएको हो |छोर्तेन वा स्तुपा बुद्ध र बोधिसत्वहरूको आशीर्वाद प्राप्त स्थानमा निर्माण गरिने पवित्र स्मारक वा चैत्य हो, जसलाई बुद्धको प्रतिविम्ब मानिन्छ। बौद्ध धर्म वा धर्मलाम्बिका अनुसार स्तुपा छोर्तेनहरू मुख्यतया बुद्धको जीवनका विभिन्न घटनाहरूसँग सम्बन्धित ८ प्रकारका हुन्छन् बुद्ध भगवान जन्मेको स्मरणमा निर्माण देखि महापरिनिर्वाणको स्मरणमा समेत गरि उक्ता ८ प्रकारका छोर्तेनहरु निर्माण गरिएको पाइन्छ। जसलाई निम्नानुसार नामकरण गरेका छन् :
पद्यकुट चैत्य (पेमापुङ्ग): बुद्धको जन्मको स्मरणमा निर्मित।
वोधी चैत्य (झ्याङ्छुक): बुद्धत्व प्राप्तिको स्मरणमा।
रिद्धी प्रतिहार्य चैत्य (छ्योठुल): चमत्कार प्रदर्शन गरेको स्मरणमा।
देव अवतरण चैत्य (ल्हबप): स्वर्गबाट धर्तीमा ओर्लेको स्मरणमा।
संघ पुनर्गठन चैत्य (ईन्दुम): संघलाई एकत्रित गरेको स्मरणमा।
विजय चैत्य (नामग्याल): विजयको स्मरणमा।
परिनिर्वाण चैत्य (ङ्याङ्दोही): बुद्धको महापरिनिर्वाणको स्मरणमा।
यी ८ मध्ये पद्यकुट चैत्य (पेमापुङ्ग):जन्मको स्मरणमा र परिनिर्वाण चैत्य (ङ्याङ्दोही):महापरिनिर्वाणको स्मरणमा निर्माण गरेको स्तुपा निर्माण गर्न लागेको गुम्बा अधयक्ष तथा मृतकका जेठा छोरा राजेश रुम्बा तामाङ्ले जानकारी गराए |”हामीलाई जीवन,संस्कार र बाटो देखाउनु भएका आदरणीय आमा–बाबाको अमर सम्झनामा छोर्तेन स्तुपा निर्माण गर्ने सौभाग्य प्राप्त भएको छ,यो सबैको निम्ति पुण्य कमाउने पबित्र स्थाल हो | “उहाले थपे |मृतक रुम्बा तामाङ् दाम्पत्यको ४ भाई छोरा बुहारी र ३ दिदी बहिनि छोरीहरु रहेका छन् । मृतक आइते सिंह रुम्बा लामा कुनै बेला आफैमा एक लामा कार्यमा सक्रिय हुनुहुन्थ्यो।
बौद्ध धर्मका अनुयायीहरू छोर्तेनको छाया परेको स्थानमा मात्रै पनि सुख-शान्ति मिल्ने र यसको परिक्रमा गर्दा असीमित पुण्य प्राप्त हुने विश्वास गरिन्छ । खाइबा लामा गुरु बाबुलाल बलको अगुवाइमा निर्माण हुन लागेको २ स्तुपा १ महिना भित्र निर्माण सम्पन्न हुनेछ ।





















































