६ पौष २०८२
हेटौंडा ।
नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) बागमती युवा आयोगले ख्रीष्टमस तथा अंग्रेजी नवबर्ष २०२६ को अबसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मकवानपुरको हेटौंडा स्थित नेपाल युनाईटेड गोस्पल चर्चमा सम्पन्न गरिएको हो।
कार्यक्रमको अध्यक्षता बागमती प्रदेश युवा आयोग अध्यक्ष प्रकाश तामाङले गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि
एनसिएफ नेपालका संस्थापक केन्द्रिय सल्लाहकार एवम् सोलिडारिटी स्कुलका संस्थापक अध्यक्ष रेभ पा. ऋषी आचार्यले युवा आयोगले एक ऐतिहासिक कार्यक्रम गरिएको बताउनुभएको छ। एनसिएफ नेपालमै हालसम्म कुनै पनि समितीबाट यसरी पृथक कार्यक्रम नगरिएको भन्दै युवाहरुले उदाहरणीय बनेर आफुलाई दर्साएकोमा आफू खुशी भएको बताउनुभयो। उहाँले युबाहरुले नै संसार बदल्न सक्ने भन्दै पर्मेस्वरको राज्य बिस्तारमा यस कार्यक्रमले महत्वपूर्ण टेवा पुगेको बताउनुभयो ।

शुभकामना मन्तव्य कार्यक्रममा विशिष्ट अतिथि एवम् एनसिएफ नेपाल बागमती प्रदेशका सल्लाहकार रेभ पा. हरि खातीले युवाहरुको सेवामुलक कार्यमा एनसिएफ नेपाल अग्रभुमिकामा हुनुपर्ने जिकिर गर्दै आफू र आफ्नो मण्डलीको तर्फबाट सहयोग गर्न सधै तत्पर रहेको बताउनुभयो। उहाँले प्रभुको काममा अघि बढ्ने जोकोही युबाहरुका लागि आफ्नो सह्योगी हात प्राथमिकतामा रहने भन्दै सबै अग्रज ब्यक्तित्वहरु यस कार्यमा लागिपर्न अनुरोध समेत गर्नुभयो।

यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवम् एनसिएफ नेपाल केन्द्रिय युबा आयोगका अध्यक्ष लाजरस तामाङले बागमती प्रदेश युवाले देशकै उत्कृष्ट र उदाहरणीय काम गरेकोमा प्रसंशा गर्नुभयो। उहाँले एनसिएफ नेपालका युबाहरु पर्मेस्वरको राज्य बिस्तारमा जुझारु भएर लागि परिरहेको औंल्याउदै यस प्रकारको कार्यमा एनसिएफ सम्बद्ध सबैबाट सहयोग हुनुपर्ने बताउनुभयो। उहाँले युबाहरु ठूलो अभावका बिच पनि संघर्ष गर्दै सेवाकार्यमा लागि परिरहेको औंल्याउदै युबाहरुको सर्वाङ्गिण बिकाशमा आफू निरन्तर लागिपरेको बताउनुभयो।

यसैबीच एनसिएफ नेपाल बागमती प्रदेशका उपाध्यक्ष एवम् पा. बच्चिमाया नेगीले आफू सदैब युवाहरुको साथमा रहेको र निरन्तर प्रार्थना गरिरहने बताउनुभयो।

कार्यक्रममा उद्दार मण्डलीका संस्थापक एवम् पास्टर निश्चल थिङ प्रमुख बक्ताको रुपमा हुनुहुन्थ्यो, उहाँले पबित्र धर्मशास्त्र बाइबलबाट प्रबचन दिनुभएको थियो।

कार्यक्रममा एनसिएफ नेपाल मधेस प्रदेशका सदस्य एवम् गायक पास्टर ध्रुब बस्नेतले शुभकामना मन्तब्य सहित आफ्नो नयाँ एल्बमको ख्रीष्टमस गीत समेत प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा एनसिएफ नेपाल बागमती प्रदेशका कोषाध्यक्ष पास्टर छबिलाल मुक्तान, एनसिएफ नेपाल बागमती दिदिबहिनी संगतिका सल्लाहकार पास्टर धन माया तामाङ, पास्टर फुलमाया तामाङ, एनसिएफ नेपाल मधेस प्रदेशका सदस्य एवम् गायक पास्टर ध्रुब बस्नेत, एनसिएफ नेपाल केन्द्रिय युवा आयोगका सचिब वीर रत्न दोङ(रोज), नेपाल युनाईटेड गोस्पल चर्चका पास्टर अभिषेक उप्रेती, पास्टर सिद्ध लाल थिङ, युवा अगुवाहरु दिपक थिङ, मेजर घलान लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिले ब्यानर वाचन गरेर भएको थियो।
कार्यक्रमका प्रमुख अतिथी, बिशिस्ट अतिथि साथै अतिथिहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य युवा आयोग बागमतीका सचीव रमेश पाख्रीनले राख्नुभएको थियो भने सहजीकरण कोषाध्यक्ष एस्तर चौधरीले गर्नुभएको थियो। कार्यक्रमको समापनमा बोल्दै सभाध्यक्ष प्रकाश तामाङले उपस्थित सम्पुर्ण एनसिएफ नेपालका केन्द्रिय सल्लाहकार, प्रादेशिक सल्लाहकार, युवा आयोगका पदाधिकारी, बागमती प्रदेश कमिटीका पदाधिकारी, ईसाई समुदायका अग्रज एवम् पास्टर साथै सम्पुर्ण सहभागीहरुलाई आभार ब्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल पार्न अत्यन्तै ठूलो संघर्ष गर्नुपरेको औंल्याउदै एनसिएफ नेपाल सम्बद्द सबैबाट सहयोग र सहकार्य अपरिहार्य भएको बताउनुभयो।

एनसिएफ नेपाल बागमती प्रदेश युवा आयोगको २०८१ चैत्र १३ र १४ गतेको अधिबेशन मार्फत निर्बाचित कार्यसमितिले हालसम्म युबाहरुको बिचमा युवामुखी र सर्बाङ्गिण बिकाशमा टेवा पुर्याउने खालका कार्यक्रम र तालिमहरु गरिदै आएको छ भने यसपटक एक ऐतिहासिक र पृथक कार्यक्रम गरि प्रदेशलाई उत्कृष्ट बनाउन सफल भएको छ।
यस भित्तेपात्रो प्रकाशन लगायत अन्य बिबिध कार्यक्रमहरु निरन्तर गरिने समेत आयोजकले जनाएको छ।






















































