मनहरी।
१४ पौष २०८१
मनहरी गाउँपालिका ५ बसन्तपुरमा आइतबार साँझ बाघले एक बृद्धालाई मारेको छ । घाँस काट्न बारीको छेउमा गएकी ७२ बर्षीया कान्छीमाया रुम्बा बाघको आक्रमणमा पर्नु भएको हो ।
घाँस काट्न गएको लामो समयसम्म पनि नफर्केपछि खोज्ने क्रममा गएका युवाहरुले कान्छीमायाँ भागेकोजस्तो देखेपछि पछ्याउने क्रममा शव भेटिएको हो ।
‘बाघले कान्छीमायालाई बोकेर हिँडेको हुनुपर्छ’, ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारीले भन्नुभयो–‘भीडभाड देखेपछि बाघले लास छाडेर भागेको अनुमान गरिएको छ ।’
शवको टाउको तथा तिघ्राका भागको मासु बाघले लुछेको अबस्थामा छ । अहिले घटनास्थलमा भीडभाडसँगै त्रास बढेको छ । घटना स्थल मनहरी गाउँपालिका वडा नं ५ को कार्यालयबाट १ सय मिटर पश्चिमतर्फ पर्दछ । मनहरीलाईभबाट साभार
मनहरी ५ बसन्तपुरमा बाघले मान्छे मा¥यो



यो पनि पढौँ


ताजा खबर
सबै
ईसाइ समुदाय चितवनले रजत महोत्सव संगै गरे स्मारिका बिमोचन(भिडियोसहित)

अधिकार प्राप्तिको लागि तामाङले राजनीति गर्नैपर्छ – अध्यक्ष गोले

उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरु आचार बनाउने तालिम सुरु

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट पाउने

चितवनमा रक्तदान सहित सांगीतिक कार्यक्रम गरि पुनस्र्त्थान दिवस सम्पन्न


