पुस ४ गते ।
तेस्रो खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन स्थित उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि महोत्सव सुरु हुन लागेको हो । सो महोत्सवको तयारी करिव पूरा भएको आयोजक उद्योग बाणिज्य संघ खैरहनिले बुधबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । संघका अध्यक्ष एवं महोत्सव संयोजक कुमार खनालका अनुसार महोत्सवको लागि परिसर निर्माणको काम सकिएको , प्रचारप्रसार तीब्र पारिएको छ भने प्रमुख अतिथिको टुंगो लागेको छ । परिसरमा कृषि प्रदशनी स्थलबाहेक २ सय बढी स्टल निर्माण गरिएको छ । स्टेज आकर्षक बनाईदैछ । महोत्सवको आवश्यक तयारी अन्तिम चरणमा पुर्याएका छौं,महोत्सव संयोजक खनालले भने- प्रमुख अतिथिका रूपमा पर्यटन मन्त्री बद्री पाण्डे आउने टुंगो लागेको छ,शोभा यात्रामै उहाँलाई सहभागी गराइनेछ ।
तेस्रो खैरहनी महोत्सवको अवसरमा यस पटक पर्सा बजारमा पुस १३ गते देखि १५ गतेसम्म फूड फेस्टिबलको आयोजना गर्न लागिएको महोत्सव संयोजक खनालले बताए । फेस्टिवलमा स्थानीय जातजातिका खानाका परिकार ,कुखुराबाट बन्ने परिकारहरु लगायत महलाई समेत प्राथमिकता दिइएको उनले बताए । साथै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ । व्यवसायिक साझेदारी प्रयास स्वरुप महोत्सवको प्रवेश टिकटको आधारमा म्याड्ङ्गो जनन्योति सिनेमा हल र मौलाकालिका केबलकारको टिकटमा ५०% छुटको व्यवस्था गरिएको छ ।
महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । करिव एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको महोत्सवमा सवारी साधनहरुसहित गरी करिव १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष एव कला,सांस्कृतिक समिती संयोजक अर्जुन लम्सालले यस पटक सांस्कृतिक कार्यक्रमलाई भब्य बनाउन प्रख्यात कलाकार,गायक,गायिकालाई ल्याउन लागिएको बताए ।
पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठ ,संघका पुर्व अध्यक्षहरु ,पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । महोत्सवको पुर्व सन्ध्यामा बिहीबार रोड रेश प्रतियोगिता आयोजना गरिएको छ । महोत्सव स्थलबाट सुरु हुने रेश नगरपालिका गेट,ज्यामिरे हुँदै महोत्सव परिसरमै आएर सकिनेछ । प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउने बताइएको छ।
खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा



यो पनि पढौँ


ताजा खबर
सबै
ईसाइ समुदाय चितवनले रजत महोत्सव संगै गरे स्मारिका बिमोचन(भिडियोसहित)

अधिकार प्राप्तिको लागि तामाङले राजनीति गर्नैपर्छ – अध्यक्ष गोले

उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरु आचार बनाउने तालिम सुरु

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट पाउने

चितवनमा रक्तदान सहित सांगीतिक कार्यक्रम गरि पुनस्र्त्थान दिवस सम्पन्न


