११ जेठ २०८३
राक्सिराङ, मकवानपुर ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याक पल्टिँदा एकजना चार वर्षीय छात्र गम्भीर घाइते भएका छन्। गत जेठ ७ गते बिहीबार विद्यालयमा खेल्ने क्रममा सोही वडाको सिमरगाउँ निवासी तथा शिशु कक्षामा अध्ययनरत बालक एरोन चेपाङ गम्भीर घाइते भएका हुन्।
घटनालगत्तै विद्यालयका शिक्षकद्वय सरोज थापा मगर र वृन्दा लामिछानेको समन्वयमा घाइते बालकलाई तत्काल भण्डारा अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि बालकका बुबा र आफन्तले थप उपचारका लागि चितवनको भरतपुरस्थित सरकारी अस्पताल पुर्याएका थिए। हाल उनको सोही अस्पतालको आइसियु (ICU) कक्षमा उपचार भइरहेको छ। अस्पतालका अनुसार बालकको अवस्था अत्यन्तै गम्भीर छ। र्याकले थिचेका कारण बालकको आन्द्राका साथै किड्नी, फोक्सो, र मुटु लगायतका संवेदनशील अंगहरूमा संक्रमण फैलिएकाले अवस्था जटिल बनेको चिकित्सकहरूले जनाएका छन्।
अस्पतालमा उपचाररत बालकका बुबा रामकुमार प्रजाले विद्यालय व्यवस्थापन समिति र त्यहाँका कर्मचारीहरूको घोर गैरजिम्मेवारपूर्ण कार्यका कारण आफ्नो छोराको ज्यान खतरामा परेको आरोप लगाउनुभएको छ। घरको ऋण तिर्नका लागि श्रीमती वैदेशिक रोजगारीमा रहेको र भएको एउटा मात्र सन्तानको अवस्था पनि नाजुक बनेको भन्दै उहाँले विद्यालयमा बालबालिकाको सही रेखदेख र भौतिक व्यवस्थापन नहुँदा यो दुःखद घटना घटेको बताउनुभयो। बालकको स्वास्थ्य अवस्था अझै बिग्रिएमा विद्यालय व्यवस्थापन समिति र कर्मचारीहरू विरुद्ध कानुनी रूपमा अदालत जाने र कारबाहीको दायरामा ल्याउने चेतावनी समेत उहाँले दिनुभएको छ।
यसैबीच, विद्यालयका निवर्तमान अध्यक्ष कमल प्रजाले यो घटना घट्नुमा विद्यालय प्रशासन र कर्मचारीको सरासर कमजोरी रहेको स्वीकार गर्नुभएको छ। उहाँले विद्यालयको तर्फबाट भएको गल्ती महसुस गर्दै पीडित परिवारलाई सहानुभूति प्रकट गर्नुभएको छ। साथै, घाइते बालकको ज्यान बचाउन र उपचारका लागि तत्काल आवश्यक आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउन उहाँले विद्यालय प्रशासन साथै वडासँग जोडदार अनुरोध समेत गर्नुभएको छ।
राक्सिराङको एक विद्यालयमा र्याक पल्टिँदा चार वर्षीय बालक गम्भीर घाइते, आइसियुमा छट्पटीदै



यो पनि पढौँ


ताजा खबर
सबै
निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी

विद्यालयमा र्याकले चेपिएर बालकको मृत्यु: ३ लाखमा मुद्दा मिलाउन खोजिएको भन्दै आक्रोश

राक्सिराङ घटना: अस्पतालमा उपचाररत बालक एरोनको निधन, आमा विदेशमै बेहोस

राक्सिराङको एक विद्यालयमा र्याक पल्टिँदा चार वर्षीय बालक गम्भीर घाइते, आइसियुमा छट्पटीदै









































