२०८३ साउन ५, मंगलबार
११:५५:२७ बिहान

राप्तीका बिपन्न २५ चेपाङ परिवारलाई सोलार बितरण

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ असार २२, आइतबार

२२ असार २०८२
भण्डारा
राप्ती नगरपालिका वडा नम्बर १२ को आयोजनामा २५ बिपन्न चेपाङ घर परिवारलाई सोलार बत्ती बितरण गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. बिश्वनाथ पौडेलको विशेष पहल र सौर्य उर्जा प्रबर्द्धन केन्द्रको सहयोगमा सोलार बत्तीको सेट बितरण गरिएको हो।

कार्यक्रम राप्ती नगरपालिकाका उपमेयर देवेन्द्र लामाको संयोजकत्वमा नगरपालिकाको प्रांगणमा सम्पन्न गरिएको हो।
राप्ती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन प्रजाले आफ्नो वडामा बिजुली बत्ती नपुगेकोले बिपन्न चेपाङ समुदायहरु अंध्यारोमा बस्दै आएको बताउदै सोलार बत्तीले आफ्नो जनतालाई राहत मिल्ने ठोकुवा गरे। उनले सो कार्यक्रमका बिच पहलकर्ता डाक्टर पौडेल र सहयोगी संस्था उर्जा प्रबर्द्धन केन्द्र नेपाललाई धन्यवाद समेत प्रकट गरे।

कार्यक्रममा सोलार बत्तीको सेट पाउनसाथ खुशी ब्यक्त गर्दै श्रीमाया प्रजाले भनिन् – आफू अहिलेसम्म अंध्यारोमा बस्दै आएकोले धेरै दुख भोग्नुपरेको अनुभव सुनाईन् अनि थपिन् आज देखि उज्यालोमा बस्न पाउने भयो।