मनहरी – २०८० माघ १३ गते । पाँचौ मनहरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
महोत्सवमा १५० वटा स्टल रहने बताईएको छ । समितिका सभापति एबम् मूल आयोजक समितिका संयोजक गणेशमान मानन्धरले स्टल निर्माणको काम ८० प्रतिशत सकिएको र भोलिसम्ममा स्टेज बन्ने काम सकिने बताउनुभयो ।
महोत्सवमा स्थानीय कृषि उत्पादनहरु च्याउ, केराका परिकार, स्थानीय गहत, मास, मस्याङको बिक्री बितरण र प्रदर्शनी गरिनेछ । त्यसैगरी पश्चिम मकवानपुरमा बाहुल्यता रहेको चेपाङ जातिको संस्कृति झल्काउने घर, नेपालमै मनहरीमा मात्र रहेको बनकरियालाई पनि महोत्सवमा स्थान दिने गरी तयारी गरिएको संयोजक मानन्धरले जानकारी दिनुभयो ।
यही माघ १६ देखि २८ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय सबै कलाकारहरुको तय गरिएको र स्थानीय स्तरमा लोकदोहोरी प्रतियोगिता, नृत्य लगायतका क्रियाकलापहरु दैनिक रुपमा हुने आयोजकले जनाएको छ ।
पाँचौ मनहरी महोत्सवको तयारी अन्तिम चरणमा



यो पनि पढौँ


ताजा खबर
सबै
उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरु आचार बनाउने तालिम सुरु

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट पाउने

चितवनमा रक्तदान सहित सांगीतिक कार्यक्रम गरि पुनस्र्त्थान दिवस सम्पन्न

पुर्बी चितवनमा पुनस्र्त्थान दिवस मनाईदै, रक्तदान पनि हुने

तामाङ पत्रकार संघ चितवनको नयाँ बर्षको शुभकामना तथा भित्तेपात्रो विमोचन सम्पन्न


