२०८३ वैशाख ११, शुक्रबार
११:४९:१६ बिहान

ईसाइ समुदाय चितवनले रजत महोत्सव संगै गरे स्मारिका बिमोचन(भिडियोसहित)

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ जेठ २९, बिहीबार

प्रकाश तामाङ
२९ जेष्ठ २०८२
भरतपुर, चितवन ।
चितवन ईसाइ समुदायले रजत महोत्सव भब्यताका साथ भरतपुरको एजी चर्चमा मनाएको छ। रजत महोत्सव संगै समुदायले स्मारिका समेत बिमोचन गरेको हो। पुस्तकमा इसाईहरुले भोगेका विविध गतिविधि लगायतका पठनयोग्य लेखहरु तथा रचनाहरु समाबेश रहेका छन। समुदायले आफ्नो सेवाकाईको २५ बर्ष पुगेको अबसर पारेर सयौंको सहभागीतामा कार्यक्रम समापन गरेको हो।

कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय सुरज चन्द्र लामिछानेले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको हो । सोहि अबसरमा मन्त्री लामिछानेले स्मारिका बिमोचन समेत गर्नुभएको हो। उहाँले ईसाइ समुदायले चर्च ब्यबस्थापन मात्रै नभई सामाजिक सेवालाई प्राथमिकता दिई निरन्तर अघि बढिरहेको जानकारी पाउदा आफू अत्यन्तै खुशी रहेको बताउनुभयो। उहाँले इसाई समुदाय सर्वाङ्गिन कुराहरुमा समेत अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले हरेकले आफुपछी आउने भावी पिढिं अर्थात युवाहरुलाई समेत साथमा लिएर अघि बढ्नुपर्ने बताउदै हालको राजनीतिले युवाहरूलाई मात्रै देश थमाउन खोज्दा दुर्घटना हुन सक्ने इङ्गित गर्नुभयो। सबै मिलेर एकतामा अघि बढ्नु नै सबैको हित हुनेमा बिस्वास दिलाउनुभयो।

कार्यक्रममा प्रमुख बक्ता नेपाल ख्रीष्टियन समाजका केन्द्रिय महासचिव रेभ. पास्टर राजेन्द्र मल्लले पबित्र धर्मशास्त्र बाईबलबाट प्रबचन दिनुभएको थियो उहाँले चितवन इसाई समुदाय निरन्तर पर्मेस्वरको राज्य बिस्तारमा लागिरहेकोले सेवाकाईलाई सफल बनाउन युवाहरूको महत्वपूर्ण भुमिका रहने भन्दै सक्षम युवाहरुलाई साथमा लिएर अघि बढ्न प्रबचन मार्फत सुझाव दिनुभयो। “हामी क्रिश्चियनहरु रुपान्तरणकारी हौं´´ थप्दै भन्नुभयो, राजनिती र कानुनले मात्रै समाज रुपान्तरण हुन सक्दैन समाजको चौतर्फी बिकाश र रूपान्तर गर्न प्रत्येक क्रिश्चियन सक्षम रहेको औंल्याउनुभयो।

चितवन इसाई समुदायका निबर्तमान अध्यक्ष एवम् सल्लाहकार रेभ पास्टर सुनिल लामाले २५ बर्षको सेवाकाई अत्यन्तै अबसर र चुनौतीपुर्ण रुपमा रहेको औंल्याउदै प्रभुको अनुग्रहमा रजत महोत्सव मनाउन सफल रहेको बताउनुभयो। उहाँले समुदायको स्थापनाकालदेखि २५ बर्षसम्म आईपुग्दा विभिन्न कालखण्डमा भएका कार्यक्रम तथा गतिविधिहरुको फोटो र भिडियो मार्फत सबैलाई छर्लङ्ग पार्नुभएको थियो। यसैबिच महिला दिदिबहिनी संगती र युवा संगतिको गतिविधिहरुको समेत संगतिका अध्यक्षहरुबाट जानकारी दिइएको थियो।
कार्यक्रममा आकर्षक नृत्य पस्कनुका साथै कबिता, मुक्तक र गजल समेत प्रस्तुत गरिएको थियो। सो क्रममा संस्थाप्रती योगदान गर्ने विभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला सहित सम्मान गरिएको थियो। यसैबीच समुदायका पुर्ब अध्यक्षहरु रेभ पास्टर पुर्ण बहादुर वाईवा, रेभ पास्टर मान बहादुर बस्याल, रेभ पास्टर अनिल पाण्डे, रेभ पास्टर शुकदेव गिरी, रेभ पास्टर केपि देवकोटा इसाई समाज चितवनका अध्यक्ष रेभ पास्टर सानुलाल बिक, रेभ पास्टर कृष्ण पाण्डे, पास्टर तेज गैरे, पास्टर धनु घिमिरे, पास्टर सुर्य बहादुर परियार, पास्टर निर्दोष गिरीले मन्तब्य दिनुभएको थियो भने समुदायका कोषाध्यक्ष पास्टर राजेन्द्र चौधरीले धन्यवाद ज्ञापन दिनुभएको थियो।

समुदायका अध्यक्ष रेभ पास्टर जीवन लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पास्टर ईस्वर कुमार श्रेष्ठले संचालन गर्नुभएको थियो भने पास्टर बम बहादुर तामाङले स्वागत मन्तब्य राख्नुभएको थियो। चितवन लगायत चितवन आसपासका सयौं पास्टर तथा अगुवाहरुको बाक्लो उपस्थितिमा कार्यक्रम भब्यपुर्बक सम्पन्न गरिएको थियो।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.28
150.88
1
175.56
176.26
1
202.80
203.61
1
191.34
192.11
1
107.31
107.74
1
109.93
110.37
1
117.67
118.14
10
9.41
9.45
1
21.99
22.07
1
41.22
41.39
1
4.63
4.65
1
40.92
41.08
100
10.14
10.18
1
16.26
16.32
1
23.49
23.59
1
19.19
19.26
1
490.15
492.11
1
397.83
399.42
1
390.33
391.89