२०८३ वैशाख ११, शुक्रबार
२:३५:१४ दिउँसो

तामाङ पत्रकार चितवनको ´पर्यटकिय स्थल अवलोकन भ्रमण, सम्मान कार्यक्रम´ सम्पन्न

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ माघ १२, शनिबार

१२ माघ २०८१
युवक तामाङ – राप्ती ।
तामाङ पत्रकार संघ चितवनले पर्यटकिय स्थल अबलोकन भ्रमण साथै सम्मान कार्यक्रम सफलतापुर्बक सम्पन्न गरेको छ। चितवनकै एक उत्कृष्ट ऐतिहासिक पर्यटन स्थल परेवाकोट स्थित भ्यु टावर परिसरमा राप्ती नगर प्रमुख मेयर शमशेर लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो।

तामाङ पत्रकार संघ चितवनले चितवनमै उत्कृष्ट रहेको ऐतिहासिक पर्यटन स्थल राप्ती नगरपालिका १ स्थित परेवाकोटको प्रचारप्रसार लाई उच्च प्राथमिकतामा राखी आफ्नो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा मेयर लामाले तामाङ पत्रकारहरुको सुदृढीकरणको लागि आफुले सकेको सहयोग र समन्वय गर्न सदैब तत्पर रहेको बताए। आफुलाई राजनीतिक रुपमा बाहिर जे जस्तो भनिएपनी राप्तीको समग्र बिकाशको लागि एक बलियो सिपाही बनेर काम गरेको र यसमा लागि परिरहेको औल्याउँदै जस्तोसुकै परिस्थितिमा पनि जनताको काममा अहोरात्र लागिरहने बताए ।

यसैगरी कार्यक्रममा बिशिस्ट अतिथी एवम् भुमी समस्या समाधान आयोग चितवनका अध्यक्ष ईमानसिङ लामाले चितवनको समग्र सुकुम्बासी, भुमिहिनहरुको पक्षमा आफुले काम गरिरहेको बताउदै जनताको पक्षमा काम गर्न संगै हातेमालो गरेर अघि बढ्न पत्रकारहरु लाग्नुपर्ने सुझाए।
कार्यक्रममा तामाङ पत्रकार संघ संघिय सदस्य पत्रकार राजेश रुम्बा लामा, तामाङ पत्रकार संघ चितवनका संस्थापक अध्यक्ष एवम् संघीय निबर्तमान सचिव उर्गेन तामाङ, नेपाल तामाङ घेदुङ चितवनका सचिव सन्देश घलान, काशिरुपा बिद्यालयका प्रधानाध्यापक बिपि लामा लगायतले मन्तव्य ब्यक्त गरेका थिए।

तामाङ पत्रकार संघ चितवनले आफ्नो चौथो अधिबेशनबाट निर्बाचित भएसंगै चितवनमा पहिलोपटक चितवनकै उत्कृष्ट पर्यटकीय स्थल अबलोकन भ्रमण एवम् बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो। तामाङ पत्रकारहरु बीच मात्र नभई तामाङ समुदायको बीचमा पृथक रुपमा कार्यक्रम गर्न समन्वय गर्दै अघि बढिरहने कार्यक्रमका सभापती एवम् तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङले बताए। उनले तामाङ पत्रकारको हक र हितका लागि स्थानिय सरकारको ठूलो साथ र समन्वय हुनेमा बिश्वास ब्यक्त गरे।

कार्यक्रममा तामाङ समुदायका अग्रज ब्यक्तित्व निबर्तमान राप्ती नगरपालिकाको उपप्रमुख ईमान सिं लामा भुमी समस्या समाधान आयोग चितवनको अध्यक्षमा नियुक्त हुन सफल भएको भन्दै सम्मानपत्र सहित सम्मान गरेको हो। यसैगरी तामाङ पत्रकार संघको संघिय सातौं महाधिवेशनबाट निर्बाचित हुन सफल पत्रकार राजेश रुम्बा लामा, तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको हालै सम्पन्न दोस्रो अधिबेशनबाट अध्यक्षमा साथै नेपाल पत्रकार महासंघ बागमती प्रदेश कार्यसमिति सदस्यमा निर्बाचित ज्ञानेन्द्र तामाङलाई सम्मानपत्र सहित बधाई तथा सम्मान गरेको हो।

तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको सचिव प्रतिमा तामाङले कार्यक्रम सन्चालन गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि एवम् राप्ती नगर प्रमुख मेयर शमशेर लामा, तामाङ समुदायका अग्रज ब्यक्तित्व निबर्तमान राप्ती नगरपालिकाको उपप्रमुख एवम् भुमी समस्या समाधान आयोग चितवनका अध्यक्ष ईमान सिं लामा, तामाङ पत्रकार संघको संघिय सदस्य एवम् पत्रकार राजेश रुम्बा लामा, तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको अध्यक्ष एवम् पत्रकार ज्ञानेन्द्र तामाङ, निबर्तमान संघिय कार्यसमितिका सचिव पत्रकार उर्गेन तामाङ, चितवन तामाङ घेदुङका सचिव सन्देश घलान, प्रधानाध्यापक बिपि लामा, पुर्बी चितवनकै सफल ब्यबसायी तथा समाजसेवी धन बहादुर मास्के लगायतका बिशिस्ट ब्यक्तित्वहरु उपस्थित भएका थिए।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.28
150.88
1
175.56
176.26
1
202.80
203.61
1
191.34
192.11
1
107.31
107.74
1
109.93
110.37
1
117.67
118.14
10
9.41
9.45
1
21.99
22.07
1
41.22
41.39
1
4.63
4.65
1
40.92
41.08
100
10.14
10.18
1
16.26
16.32
1
23.49
23.59
1
19.19
19.26
1
490.15
492.11
1
397.83
399.42
1
390.33
391.89