२०८३ वैशाख १३, आइतबार
१०:०९:४६ बिहान

महोत्सवको सातौँ दिनः सुमिनाले नचाइन् दर्शक, लोकदोहोरी प्रतियोगिता पनि सुरु

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २२, सोमबार

मनहरी – माघ २२ गते । पाँचौ मनहरी महोत्सव २०८० को सातौँ दिनमा चर्चित गायिका सुमिना लोसँग मनहरीका दर्शक झुमेका छन् । तामाङ भाषाका गीतहरु गायनमा महत्वपूर्ण भूमिका खेल्नु भएकी गायिका लोले ‘कुखुरी होइन कर्धको’, र ‘छाता कुसी’ बोलका गीतहरु दर्शकहरुलाई सुनाउनु भएको थियो । उहाँले गाउनु भएका सुपरहिट गीतहरुमा दर्शकले पुनः गाउन अनुरोध गर्दै ‘वान्स मोर, वान्स मोर’ भनेर माग गरेका थिए ।
गायिका लोसँगै अर्का गायक अबिराम मोक्तान, गीता योञ्जन, अनिल सुनार, सपना मगर, उर्मिला परियार लगायतको प्रस्तुति पनि दमदार थियो । भोलि माघ २३ गते चर्चित गायक उर्गेन दोङ, गायिका भूमिका गिरी र सुमन बिटीले प्रस्तुति दिने आयोजकले जनाएको छ । त्यसैगरी गायक रामप्रसाद पौडेल, रुपक घिमिरे र गायिका सीता कँडेलको पनि प्रस्तुति रहनेछ ।
यसैबीच पाँचौ मनहरी महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोकदोहोरी प्रतियोगिता सुरु गरेको छ । जस अनुसार दिपेन्द्र पुन र संगिता सुनार तथा आरपी सापकोटा रशितल कल्पनाबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा दिपेन्द्र पुनको समूह बिजयी भएको छ । त्यसैगरी चन्द्र बजगाईरउमा घिमिरे तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवन (क) बीच भएको प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान (क) बिजयी भएको छ । अर्काे टिम बिक्रम खातिर शर्मिला दहाल र बिनोद अर्यालर उर्मिला परियारबीच भएको प्रतिस्पर्धामा बिनोद अर्याल समूह बिजयी भएको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरका अध्यक्ष रविन्द्र थिङले जानकारी दिनुभयो ।
मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १५० वटा स्टल छन् ।

स्थानीय माछा, तामा, मास, गहत, दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको सेलरोटी लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबद्र्धन गरिएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरुसहितका स्टलहरुको व्यवस्थापन गरिएको छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.50
151.10
1
176.36
177.07
1
203.23
204.04
1
191.63
192.40
1
107.63
108.06
1
109.95
110.39
1
117.95
118.42
10
9.44
9.48
1
22.01
22.10
1
41.28
41.45
1
4.65
4.67
1
40.97
41.14
100
10.18
10.22
1
16.31
16.38
1
23.60
23.69
1
19.21
19.29
1
490.87
492.82
1
398.57
400.16
1
390.90
392.46