लम्जुङ्गे लाहुरेहरुसंग धन, मन छ तर बुद्धि चाहिं छैन – लाहुरे

Sahayatri Khabar fav icon
Sahayatri Khabar
February 28, 2025

१६ फाल्गुन २०८१
लमजुङ, राजेश रुम्बा लामा।
जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्त्वपूर्णा यो जिल्लामा गुरुङ जातिको बाहुल्यता रहेतापनि मगर तामाङ मात्रै होइन जिल्लाको दक्षिणी भेकका टार, बजार तथा बेंसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई, कामी, सार्की, नेवार आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ भने स्वभाविक रुपमा गुरुङ, मगर, तामाङ जाति बस्ने भए पछि लाहुरे नहुने कुरै भएन । राष्ट्रिय जनगणना २०७८ अनुसार लमजुङ जिल्लाको कूल जनसङ्ख्या १५३४८० जना बस्ने यस जिल्लाले धेरै देशको धेरै लाहुरे जन्मायो धेरै देशको बिकासमा टेवा पनि पुर्यायो तर लाहुरे भएर आफ्नो तलब भत्ता देशमा भित्र्याउने सिवाय समाज बिकासको निम्ति खासै उल्लेखिय काम गरेको पाईएन, छैन । त्यसको ज्वलन्त उदाहरण हो सडक । पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजारदेखि लमजुङ सदरमुकाम पुग्न ४२ किलोमिटर दुरी छ । स्रोतअनुसार २०२९ मा खन्न सुरु गरिएको सडक बेसीसहर ४२ किलोमिटर सम्म पुर्‍याउन सांढे १ दशक लागेको थियो । २०४६ मा ट्र्याक खुलेकोमा ५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । ४ वर्षमा ४२ किमि कालोपत्र भएपछि यो सडकको उद्घाटन गरेका थिए। त्यसपछि ५२ साल देखि अहिले सम्म हेर्ने हो भने डुम्रे देखि आठ किमि भन्दा धेरै सडक स्तरोन्नति हुन सकेको छैन । मैले यहाँ निर किन लाहुरेको कुरा जोडे भने नेपालको कुनै पनि क्षेत्रमा बिकासको पुर्वाधार निर्माण गर्न वा सुरुवाती गर्न नाराबाजी वा स्थानीयले आन्दोलन नगरी, सडक अवरुद्ध नगरे नहुने यदि त्यसो गरे पछी मात्रै सम्बन्धित निकायको ध्यान जाने हुँदा सो कुरा जोडिएको हुँ | उसो त आन्दोलन नै सबै कुराको विकल्प भने होइन र राम्रो पनि होइन । तर कानमा तेल हालेर बस्ने र आंखामा पट्टि बांधेर बस्ने निकायलाई झक्झकाउनु विकल्प पनि त चाह्यो? यसमा लाहुरेहरुको ठुलो भूमिका हुन सक्दछ तर लाहुरेहरुको फिर्तीको जिन्दगी कहाँ त्यसरी हल्लीखल्ली र जुलुस आन्दोलनमा बिताउछन त ? बरु छोरा नातीलाई कसरि आफु जसरि लाहुरे बनाउने? भन्ने ध्याउन्नमा हुन्छन्। दिन भरि कोहि पुरानो शैलिको जिबनयापन गरेरै खेत बारी चुल्हो-चौको त कोहि भने अन्य बिकसित राष्ट्र जाने र आफ्नो स-परिवार नै उतै सेटल गर्ने मनशायले भौतारी रहेका हुन्छन | यसको ज्वलन्त उदाहरण हुन् बेसीशहर निवासी हर्क बहादुर गुरुङ तामाङ् |उमेरले ७० बर्ष पुगेका गुरुङ तामाङ् जिबनको १८ बसन्त सिंगापुर प्रहरीमै बित्यो | अब बाँकि रहेको जिबन पनि यो देश बाहिरै गएर बिताउने सोंचमा हुनुहुन्छ त्यो पनि सपरिवार | उहाँ भन्नु हुन्छ “बाबु यहाँ भबिस्य छैन | न अस्पताल गतिलो छ न त बिमारी पर्दा चितवन भरतपुर या त काठमाडौ लानलाई बाटो नै गतिलो छ |आफ्नो गाउँ ठाउँ पाखा पखेरु हेर्दा आफु जन्मेको माटो र जन्मदिने आमा बुवाको त्यो सघर्ष सम्झिदा यहाको हावा पनि हेर्दा छाड्न मन त कहाँ लागेको थियो र ? तर आफु जस्तै आफ्नो दुइ भाइ छोरा लाहुरे हुन नसकेकोले यहाँ बसेर भबिस्य नाबिगारुन् र दु:ख नपाउन् भन्नको लागि भए पनि आफु यो उमेरमा बाहिर जान लागेको उहाँको स्पष्टोक्ति थियो। त्यस्तै अर्का भारतीय पुर्व आर्मी बग बहादुर गुरुङको पनि गुनासो त्यहि छ । हाम्रो पाला सम्म त लाहुरे भैखायो अबको केटाकेटी लाहुरे बाउ बाजेको तलब पेन्सनमा रमायो अब त गाँजा तान्ने र साउदी मलेसिया तिर जाने भन्दा अर्को उपाय छैन। हामी आफ्नो यौवन अवस्था अर्काको देश बचाउन र बिकाश गर्न मै बित्यो अहिले आएर आफ्नो सन्तानलाई सहि बाटो देखाउन त सकेको छैन बाबु के देशको बिकासको कुरा सोचेर बस्नु, गुरुङले तितो मुख पार्दै भने यी गुरुङ र तामाङ्ग त प्रतिनिधि पात्र मात्रै हुन। यस्तै अन्य धेरै पुर्व लाहुरेहरु छन् जो लमजुङ छाडेर काठमाडौं, पोखरा, चितवन लगायत विभिन्न बिकसित ठाउँमा बसाई सरि गईसकेका छन । यसको अर्थ लाहुरेहरुले सुख र सुबिधा खोज्दै ठाउँ छाडेर अन्तै हिंडे तर आफ्नो पुर्ख्यौली थलोलाई सुबिधा र सम्पन्न बनाउन तिर लागेन । मेरो यहि प्रश्नको उत्तर दिंदै पूर्व नेपाली सेनाका जमदार कृष्ण बहादुर तामाङ गुरुङ भन्नु हुन्छ यत्रो बर्ष देश र जनताको सेवा गरेकै हो तर के गर्ने भौगोलिक विकटता संगै यहाँ रहेका राजनीतिक दलका नेताहरु पनि त्यस्तै भैदियो। जनता र यहाँको भौगोलिक अवस्थालाई हेरेर पुर्बाधार निर्माण गर्नुको सट्टा आ-आफ्नो दुनो सोझ्याउने आफ्नो पार्टीलाई गतिलो लेबी बुझाउने भन्दा अरु केहि सोंचेनन उहाँ थप्नु हुन्छ यस्तै पिछाडीएका वर्ग र स्थानलाई उत्थान गर्ने नाममा माओवादीले त्यत्रो युद्द गरे, त्यहि पार्टीका नेता यसै जिल्लाका सांसद गुरुङ पटक पटक मन्त्रि पनि बने खै त विकास? त्यसै गरि अर्को पार्टीको अर्को गुरुङ यसै प्रदेश नम्बर ४ का प्रथम मुख्यमन्त्री पनि बने ,अझै संघिय मन्त्रि पनि भए तर हुनु पर्ने विकास भएन। त्यसैले बाबु जनजाति भनेर सबै जनजाति कुलमान जस्तो, सन्दुक रुईत जस्तो हुन्न रहेछन् नत्र जनजाति पकट जिल्ला, जनजातिकै छोरा मन्त्रि पटक पटक हुँदा पनि गर्न सकिने काम गरेन । उहाँको आक्रोश थियो ।

उसो त डुम्रे–बेसीशहर–चामे सडकको विकास र स्तर उन्नती अन्य जिल्लाको जसरी जुन रुपमा हुनु पर्ने हो त्यहि हिसाबले तिब्र गतिमा नभए पनि सडकले लमजुङ जिल्लाको भिर पखेरा छिचोल्दै कुना-टाकुरा नपुगेको भने होइन। भौगोलिक हिसाबले डाँडा पाखा र मानब बस्तीको हिसाबले छरिएर रहेकाले पनि द्रुतगतिमा हुनु पर्ने विकास नभएकै हो । यदि बाटोको ट्रयाक खोले जसरि बाटोको स्तरोन्नति हुनु, सबै खाले सवारी साधन आवतजावत सहज हुने हो भने यहाँ विभिन्न किसिमका वहुउपयोगी र वहुमूल्य जडीवुटीहरू पाइन्छन्, अनेकौं वहुमूल्य पत्थरहरू पाइन्छन् । दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानकोट, रागिनासकोट, तुर्लुङकोट आदि ऐतिहासिक एवं धार्मिक महत्त्वका पर्यटकीय स्थलहरूले गर्दा यस जिल्लाको आर्थिक सम्भावनालाई अत्यन्त माथि पुर्‍याउन मद्दत मिल्ने छ । यस जिल्लामा यातायात बाहेक विद्युतीकरणको पनि राम्रो सुबिधा छ |
केही वर्ष अगाडिसम्म लमजुङको बजेट जम्मा ७५ करोड थियो । चालु आर्थिक वर्ष ०७९/८० मा भने याे बढेर आठ अरब पुगेकाे छ । जसमध्ये डुम्रे–बेसीशहर–चामे सडक वहुबर्षीय आयोजनालाई ६१ करोड २८ लाख रकम विनियोजन गरिएकाे छ । स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७८/७९ मा वहुवर्षीय बजेट निर्वाचन क्षेत्र रणनैतिक सडकअन्तर्गत रेडबुकको पेज नम्बर १६३ मा समावेश योजनाअन्तर्गत विचौरको कुनाघाट–बेसीशहर सडकखण्ड निर्माणको लागि बोलपत्र आह्वान भइसकेको छ । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक संघीय सरकारले निर्माण गर्नेछ ।
त्यसै गरि नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि जिल्लाका सबै स्थानीय तहका लागि तीन अर्ब चार करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ भने चारवटा नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा नगरपालिकाका लागि मात्रै एक अर्ब ८४ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको छ |
गाउँपालिकाको लागि एक अर्ब २० करोड २८ लाख रुपैयाँ विनियोजन भएको छ । सार्वजनिक बजेट विवरणअनुसार जिल्लामा चालुतर्फ दुई अर्ब ७७ करोड १३ लाख रुपैयाँ विनियोजन भएको छ र पुँजीगततर्फ २७ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको देखिन्छ ।