२२ माघ २०८०
मनहरी – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। मनहरी गाउँपालिकाको सहयोगमा खेलकुद विकास समिति मनहरीले यहि माघ २३ गते देखि उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।
आइतबार मनहरीस्थित रोटरी मार्केटमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी समितिले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेस्थित गोलघरमा माघ २३ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।
खेलकुद विकास समितिका अध्यक्ष बिरु लामाका अनुसार ९ वटै वडाबाट भलिबल टिम दर्ता हुनेछ । सम्बन्धित वडा कार्यालयसँग समन्वयमा गरी टिम दर्ता गरी खेल खेलाइने उहाँले बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले यस बर्ष पुरुष भलिबल आयोजना गरिएपनि अर्काे बर्ष महिला भलिबल प्रतियोगितालाई प्रोत्साहन गर्ने तर्फ सबैको सुझाव आएको सुनाउनुभयो । उहाँले गाउँपालिकाले खेलक्षेत्रको विकासका लागि पर्याप्त ध्यान दिएकाले फुटबल, भलिबल लगायतका खेलहरुमा एकपछि अर्काे उपलब्धीहरु हासिल हुँदै गएको बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा आयोजकले प्रतियोगितामा सहभागी हुने टिमहरुको जर्सी समेत सार्बजनिक गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने टिमले ३० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी बिधागत रुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा खेलकुद विकास समितिका सदस्यहरु, विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरुसहित खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
मनहरी उपाध्यक्ष कप भलिबल प्रतियोगिता माघ २३ गते देखि हुने



यो पनि पढौँ


ताजा खबर
सबै
रत्ननगर वडा नं. १५ को आगामी वर्षका लागि ११० लाखको बजेट अनुमान

एनसिएफ नेपाल बागमती युवाद्वारा ३ दिने फोटोग्राफी तालिम सम्पन्न

चितवनका विकट चेपाङ बस्तीमा ‘सुन्दर नेपाल सरसफाइ अभियान’द्वारा राहत वितरण

निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी









































