२०८३ वैशाख ११, शुक्रबार
१:१३:०६ दिउँसो

समाजसेवी इमानसिङ लामा भुमी आयोग चितवनका अध्यक्षमा चयन

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ माघ १, मंगलबार

प्रकाश तामाङ

१ माघ २०८१
चितवन।
एमालेका नेता एवम् निबर्तमान उपमेयर समाजसेवी ईमानसिङ लामा भुमी समस्या समाधान आयोग चितवनका अध्यक्षमा चयन भएका छन।
सोमबार काठमाडौंमा भएको एक विशेष उच्चस्तरीय नेपाल सरकारको बैठकले लामालाई अध्यक्षमा चयन गरिएको हो। नेपाल तामाङ बुद्धिजिवि बर्ग समुहका प्रमुख सल्लाहकार समेत रहेका उनी लुम्बिनी बिकास कोषका कार्यकारी प्रमुख समेत भई नेपालको भगवान बुद्धको पबित्र जन्मस्थल लुम्बिनीको बिकाश गर्ने लक्ष्य र आदर्शलाई बढी प्रभावकारी बनाउने नेपाल सरकारको कटिबद्धतालाई विश्व जनसमक्ष प्रस्तुत गर्न र सो अनुरुप लुम्बिनी बिकास योजनालाई बढी समन्वयात्मक र सुचारु रुपले संचालन गर्न महत्वपूर्ण योगदान साथै प्रमुख भुमिका निभाएको भन्दै अन्तर्राष्ट्रिय स्तरबाटै सम्मानित भएका थिए।

बिगतका लामो समयदेखि दुखि गरिब र सहाराबिहिनहरुको सहारा बन्दै आइरहेका लामाले राप्ती नगरपालिकाको उपमेयरमा रहदा आफुले पाएका सबै सेवा सुबिधा बापतको भत्ता खर्चहरु दुखी, गरिव, असहाय, अपाङ्ग लगायत एकल महिलाहरुको लागि सहयोग गर्नुका साथै ६ वटा घर निर्माण गरि हस्तान्तरण गरेका थिए। यसका साथै कोभिडको समयमा २२७ जना बिरामीहरुलाई प्रत्यक्ष रुपमा आफैं सहभागी भई हस्पिटलसमा लाने र लैजाने साथै उपचार कार्यमा सहयोग गरेका थिए। हालसम्म पनि उनले आफ्नो सहयोगी हातलाई निरन्तरता दिइरहेका छन।

भुमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा आफू चयन पश्चात् खुशी ब्यक्त गर्दै आफूले जनपक्षिय र जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाए।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.28
150.88
1
175.56
176.26
1
202.80
203.61
1
191.34
192.11
1
107.31
107.74
1
109.93
110.37
1
117.67
118.14
10
9.41
9.45
1
21.99
22.07
1
41.22
41.39
1
4.63
4.65
1
40.92
41.08
100
10.14
10.18
1
16.26
16.32
1
23.49
23.59
1
19.19
19.26
1
490.15
492.11
1
397.83
399.42
1
390.33
391.89