तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ ।
ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी (LC) लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ । यसरी एसएमएस पठाउदा आवश्यक जानकारी लिन सकिन्छ ।
त्यसैगरी अनलाइन पोर्टल https://neporesult.com/ मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ ।
त्यसैगरी तपाईले ललितपुरको एकान्तकुनास्थित कार्यालयबाट लाइसेन्सका लागि आवेदन दिनुभएको हो भने कार्ड प्रिन्ट भएको नभएको जानकारी लिनका लागि http://ekantakunalicense.bagamati.gov.np/license-status मा क्लिक गरी निर्देशन अनुसार गर्न सकिन्छ ।
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका



यो पनि पढौँ


ताजा खबर
सबै
उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरु आचार बनाउने तालिम सुरु

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट पाउने

चितवनमा रक्तदान सहित सांगीतिक कार्यक्रम गरि पुनस्र्त्थान दिवस सम्पन्न

पुर्बी चितवनमा पुनस्र्त्थान दिवस मनाईदै, रक्तदान पनि हुने

तामाङ पत्रकार संघ चितवनको नयाँ बर्षको शुभकामना तथा भित्तेपात्रो विमोचन सम्पन्न


