१२ बैशाख, भरतपुर
उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई पुस्पाञ्जली हस्पिटल प्रा. लि ले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र हस्पिटल बिच बिहिबार छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्र्तगत रहि संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनुभयो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने पुस्पाञ्जली हस्पिटल प्रा. लि. लाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुस्पाञ्जली हस्पिटल प्रा. लि. भरतपुरका प्रवन्ध निर्देशक सुजनराज अधिकारीले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउदा खुशी लागेको बताउदै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउदै लैजाने बताउनुभयो ।
सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराईएको सदस्यता परिचय पत्र देखाउनु पर्ने छ र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । पुस्पाञ्जली हस्पिटल प्रा. लि. मा संघका सदस्यहरूले बेडचार्ज, ल्यावटेष्ट, इसिजि, इको, एक्सरे लगायतको सेवामा २५ प्रतिशत, अप्रेशन सिटिस्क्यान र क्याविन सेवामा १० प्रतिशत, र फार्मेसीमा ७ प्रतिशत छुट पाउने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले बताउनुभयो । साथै सदस्य व्यवसायीका परिवारका अन्य सदस्यहरूले समेत सो सुविधा प्राप्त गर्ने पुस्पाञ्जली हस्पिटल प्रा. लि भरतपुरका प्रवन्ध निर्देशक सुजनराज अधिकारीले बताउनुभयो । सम्झौता पत्रमा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ र पुस्पाञ्जली हस्पिटल प्रा. लि भरतपुरका प्रवन्ध निर्देशक सुजनराज अधिकारीले हस्ताक्षर गर्नुभएको हो । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर केसी, पुस्पाञ्जली हस्पिटल प्रा. लि. भरतपुरका डा. भोजराज अधिकारी र केदारप्रसाद सुवेदीको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट पाउने



यो पनि पढौँ


ताजा खबर
सबै
निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी

विद्यालयमा र्याकले चेपिएर बालकको मृत्यु: ३ लाखमा मुद्दा मिलाउन खोजिएको भन्दै आक्रोश

राक्सिराङ घटना: अस्पतालमा उपचाररत बालक एरोनको निधन, आमा विदेशमै बेहोस

राक्सिराङको एक विद्यालयमा र्याक पल्टिँदा चार वर्षीय बालक गम्भीर घाइते, आइसियुमा छट्पटीदै









































