२०८३ वैशाख १६, बुधबार
१०:०२:५१ बिहान

राक्सिराङ हाटबजार : तेस्रो बर्षमा प्रवेश, सहकारी मन्त्री द्वारा उद्घाटन

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ पुस १५, सोमबार

१५ पौष २०८१
मनहरी। मकवानपुरको राक्सिराङमा आज सोमबारबाट हाट बजार शुरु गरिएको छ । पालिकाको वडा नं ५ चैनपुरस्थित हाट बजार स्थलमा यस बर्षको पहिलो हाट बजार शुुभारम्भ गरिएको हो । गाउँपालिकाले गरिएको यो हाटबजार यसपटक तेस्रो बर्षको रुपमा निरन्तरता पाएको छ।

राक्सिराङ गाउँपालिकाले हरेक महिनाको १ र १५ गते संचालन हुने गरी महिनाको दुई दिन चल्नेछ। आजको हाटबजार उद्घाटन बागमती प्रदेश सरकारका सहकारी तथा गरिवी निबारण मन्त्री मधुकुमार श्रेष्ठले गरेका हुन् ।
हाटबजारमा होटलहरुका लागि छुटटै स्टल निर्माण गरिएको थियो। राक्सिराङ गाउँपालिकामा उत्पादित मास, गहत, रायोको साग, मुला, सुन्तला, च्याउ, केरा, जंगली कन्दमूल, गिट्ठा, भ्याकुर, तरुल, खसिको मासु, बाँसबाट बनेका सामग्रीहरु हाटबजारमा बिक्री बितरणमा राखिएका थिए ।
हाट बजार शुभारम्भमा मन्त्री श्रेष्ठले राज्यले किनारा पारेका समुदायलाई मूलधारमा ल्याउने व्यवस्था भएका कारण सीमान्तकृत र जनजाति समुदायका मानिसहरु पनि राज्य सञ्चालनको बागडोर सम्हाल्ने अवस्थामा आइपुगेको बताए । राक्सिराङ गाउँपालिकाबाटै सन्तबहादुर चेपाङ मन्त्री बन्ने अवसर यही व्यवस्थाबाट पाइएको उनले धारणा राखे ।
आगामी दिनमा पछाडि पारिएका भूगोल, समुदाय तथा क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वमा रहेको मन्त्रालयले सदैव काम गर्ने उनले प्रतिबद्धता जनाए । स्थानीय कृषि उत्पादन वृद्धि गरी आर्थिक अवस्था सुधार गर्न सके समृद्ध देश, समृद्ध प्रदेश तथा समृद्ध पालिका निर्माण हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।
हाटबजार उद्घाटन समारोहमा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट, मकवानपुर उद्योग वाणीज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरलगायतले शुभकामना मन्तब्य व्यक्त गरे । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बनस्तम थिङले स्वागत मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा चेपाङ, तामाङ तथा अन्य समुदायले आफ्ना पहिचानसहितका लोकसंगीत, संस्कृति र नृत्यहरु प्रस्तुत गरेका थिए ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68