२०८३ वैशाख १३, आइतबार
११:२८:२८ बिहान

प्रधानमन्त्री कप कृकेटमा बागमतीको पहिलो जित

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २, मंगलबार

२ माघ, काठमाडौं । स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा मधेश प्रदेशविरुद्ध ८६ रनको जित निकाल्दै बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
मूलपानी क्रिकेट मैदानमा जितका लागि १९१ रनको लक्ष्य पछ्याएको मधेशको ब्याटिङ ध्वस्त पार्न बागमतीका सूर्य निकै महत्वपूर्ण रहे ।  उनले ९ ओभर बलिङ गर्दै ३ मेडनका साथमा ह्याट्रिकसहित ६ विकेट लिएपछि मधेश २९ ओभरमा मात्र १०४ रनमा अल आउट भयो ।

सूर्यले २९ औं ओभरको पहिलो बलमा रुपेश सिंहलाई २ रनमा बोल्ड गरे । दोस्रो बलमा राजेश यादवलाई विकेट किपर रबिन जोशीको हातबाट स्टम्पिङ्ग गराएका सूर्यले तेस्रो बलमा सांसद अन्सारीलाई प्रतिक श्रेष्ठको हातबाट क्याच आउट गराए । त्यसपछि २ बल डट फालेका सूर्यले रञ्जितकुमारलाई एलबीडब्लूको धरापमा पार्दै एकै ओभरमा ४ विकेट लिए ।


मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अंकमा रन नै बनाउन सकेनन् । सूर्यलाई बलिङमा राम्रो साथ दिँदै बागमतीका लागि प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।

बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । उनले ५५ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे । रविन जोशीले २१ र ओपनर इशान पाण्डेले १५
रन बनाएका थिए।
मधेशका लागि रुपेश सिंह र अरनिको यादवले समान २/२ विकेट लिए । राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले १/१ विकेट लिए ।
मधेशको यो दोस्रो हार हो । यसअघिे कोशी प्रदेशमाथि भने ७ विकेटको जित हात पारेको मधेश आर्मीसँग १२६ रनले पराजित भएको छ । बागमतीले भने नेपाल पुलिस क्लब र एपीएफसँग हार बेहोरेको छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.50
151.10
1
176.36
177.07
1
203.23
204.04
1
191.63
192.40
1
107.63
108.06
1
109.95
110.39
1
117.95
118.42
10
9.44
9.48
1
22.01
22.10
1
41.28
41.45
1
4.65
4.67
1
40.97
41.14
100
10.18
10.22
1
16.31
16.38
1
23.60
23.69
1
19.21
19.29
1
490.87
492.82
1
398.57
400.16
1
390.90
392.46