१७ माघ २०८० हेटौंडा– नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी चेपाङ संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सोमबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार चेपाङलाई केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
महासंघको विधान २०७९ को परिच्छेद २ को धारा ४ को उपधारा (क) बमोजिम लोकतन्त्रवादी चेपाङ संघको तदर्थ समिति गठन गरिएको हो । बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत रहेका सन्तको अध्यक्षतामा गठित संघले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघसँग समन्वय गरी ६ महिना भित्र केन्द्रीय कार्यसमिति विस्तार गरेर अधिवेशन गराउन भनिएको छ ।
अध्यक्षमा मनोनित भएसँगै अध्यक्ष सन्तले केन्द्रीय कार्यसमितिका पदाधिकारी र प्रदेश अध्यक्षसमेत मनोनयन गरेका छन् । मनोनित हुनेमा वरिष्ठ उपाध्यक्षमा चितवनका अर्जुन चेपाङ, उपाध्यक्षमा दिल्लीराज चेपाङ महासचिवमा धादिङका सुरेन्द्र चेपाङ, सचिवमा रबिन्द्रकुमार चेपाङ, कोषाध्यक्षमा धादिङका बिष्णुमाया चेपाङ र बागमती प्रदेश सभापतिमा खेमबहादुर चेपाङ रहेका छन् ।
अति सीमान्तकृत जनजातिको सूचीमा रहेका चेपाङ समुदायको देशका करिब २६ जिल्लामा बसोबास रहेको छ । विशेष गरी मकवानपुर, धादिङ, चितवन, गोरखा र लमजुङमा चेपाङको बाक्लो बसोबास रहेको छ । २०७८ सालको जनगणनाअनुसार चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ ।
नेपाल लोकतन्त्रवादी आदिवादी जनजाति महासंघका अध्यक्ष जगत बरामको अध्यक्षतामा भएको मनोनयन कार्यक्रममा पूर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाल लोकतन्त्रवादी चेपाङ संघको अध्यक्षमा सन्त चेपाङ मनोनित



यो पनि पढौँ


ताजा खबर
सबै
उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरु आचार बनाउने तालिम सुरु

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट पाउने

चितवनमा रक्तदान सहित सांगीतिक कार्यक्रम गरि पुनस्र्त्थान दिवस सम्पन्न

पुर्बी चितवनमा पुनस्र्त्थान दिवस मनाईदै, रक्तदान पनि हुने

तामाङ पत्रकार संघ चितवनको नयाँ बर्षको शुभकामना तथा भित्तेपात्रो विमोचन सम्पन्न


