२०८३ वैशाख १६, बुधबार
९:१७:३२ बिहान

मनहरी महोत्सवमा माघ १७ गते सेलो गायिका जितु लोप्चनसहित कलाकारको प्रस्तुति हुने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ १६, मंगलबार

मनहरी–माघ १६ गते । पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरीमा आयोजित पाँचौ मनहरी महोत्सवमा माघ १७ गते राष्ट्रिय स्तरमा चर्चित सेलो गायिका जितु लोप्चन आउने हुनु भएको छ । आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका अनुसार लोप्चनसहित नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, लोक गायकहरु गणेश चेपाङ र देवराज चेपाङको प्रस्तुति पनि रहनेछ । समितिको कलाकार व्यवस्थापन उपसमिति संयोजक विष्णुराम कालाखेतीले दिनु भएको जानकारी अनुसार नियमित रुपमा आस्था कला केन्द्र मनहरीका कलाकारहरुले दैनिक रुपमा नृत्य प्रस्तुत गर्नेछन् । साथै स्थानीय स्तरमा रहेका अन्य कलाकारहरुले पनि प्रस्तुति दिने तयारी छ ।
माघ १६ गतेबाट सुरु भएको पाँचौ मनहरी महोत्सव २०८० माघ २८ गते सम्म सञ्चालन हुनेछ । यो अबधिमा राष्ट्रिय कलाकारहरु मनोज गजुरेल, पशुपति शर्मा, सीताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस सुन्तली, शान्तिश्री परियार, रमेशराज भट्टराई, ज्योति मगर, एलीना चौहान, कृष्ण रेउले, विशाल काल्तान, अस्मिता अधिकारी, उर्गेन दोङ, सम्झना लामिछाने मगर, सरोज प्रजा, बिना राउत, मार्मिक लामा, सञ्जीव वाइबा, भूमिका गिरी, सुनिल पण्डित, प्रतिमा अर्याल, प्रकाश तामाङ, मुना अर्याल, रविनकुमार चेपाङ, चन्दा अर्याल, अविराम मुक्तान, लक्ष्मी तामाङ, अन्जु थोकर, सुमिना लो, सुमन बिटी, ढाकाराम पौडेल, अणराज तामाङसहितका कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।
१२ दिन चल्ने महोत्सवमा ६० हजार जनाले अवलोकन गर्ने अनुमान छ भने कृषि र स्थानीय उत्पादनहरुको प्रशस्त स्टलहरु रहेका छन् । बाल उद्यानको व्यवस्थापन समेत आयोजकले गरेको छ । महोत्सवमा प्रवेश गर्नका लागि टिकट दर ७० रुपियाँ तोकिएको छ भने विद्यार्थी सहुलियत शुल्क ३५ रुपियाँ तोकिएको छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68