२०८३ वैशाख १६, बुधबार
८:३१:५८ बिहान

मनहरी बुद्ध शान्ती पार्कमा ल्होछार महोत्सव हुने, मन्त्री मुक्तानले उद्घाटन गर्ने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २४, बुधबार

२४ माघ २०८०
पश्चिम् मकवानपुरको मनहरी ७ स्थित बुद्धशान्ति हरित पार्कमा २८६० डुक ल्हो ल्होछारको अबसरमा बृहत ल्होछार मेला हुने भएको छ । पत्रकार सम्मेलन गरी मेला मूल आयोजक कमिटीले तामाङ समुदायको महत्वपूर्ण पर्व ल्होछारलाई पहिचान झल्कने गरी भब्य रुपमा मनाउन लागिएको हो।
मूल आयोजक कमिटी संयोजक सुुरेश मुक्तानले मेलालाई १० हजार जनाले अवलोकन गर्ने जानकारी दिए। तामाङ संस्कृति झल्कने भेषभुषामा सज्जिएर मनहरी ७ स्थित रमन्टार गुम्बा र मनहरी ८ स्थित गुम्बाबाट शोभायात्रा निकालिने तयारी छ ।
शोभायात्रा मनहरी ७ स्थित बुद्धशान्ति हरित पार्कमा आएर सांस्कृतिक कार्यक्रम र मेलामा परिणत हुनेछ । मेलामा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान आउने संयोजक मुक्तानले जानकारी दिए। यहीँ माघ २७ गते हुने
मेलामा स्थानीय उत्पादनहरु, होटलहरु, परम्परागत खानाका परिकारहरु उपलब्ध हुनेछन् । सोही कार्यक्रममा मनहरी गाउँपालिका ७ नं वडामा बसोबास गर्ने ८० बर्ष कटेका ५२ जना ज्येष्ठ नागरिकलाई समेत नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
मेलामा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरु देवलाल मुक्तानसहितका स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । पत्रकार सम्मेलन मेला आयोजक कमिटी संयोजक सुरेश मुक्तानको अध्यक्षतामा भएको हो भने स्थानीय समाजसेवी युवा बीरबहादुर घलान ज्वाला, ७ नं वडाका कार्यबाहक वडाध्यक्ष नवराज सुवेदी लगायतले मेलाका सम्बन्धमा धारणा राखेका थिए।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68