२०८३ साउन ५, मंगलबार
३:१८:१५ दिउँसो

६६ औं स्थापना दिवस मनाउदै एनसिएफ नेपाल राष्ट्रिय युवा आयोगले गरे राहत बितरण

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ पुस २४, बिहीबार

ठोरी, पर्सा, मधेस प्रदेश
२३ पौष २०८२
एनसिएफ नेपाल राष्ट्रिय युवा आयोगको आयोजनामा नेपाल राष्ट्रिय मण्डली संगती(एन.सि. एफ.नेपाल) को ६६ औं स्थापना दिवसको अवसरमा एनोन मण्डली, ठोरी ,पर्सा जिल्ला मधेस प्रदेशमा भव्य र सभ्यरुपमा बार्षिकोत्सव तथा राहत वितरण कार्यक्रम भएको छ।

कार्यक्रमका प्रमुख अतिथि रेभ. रिषिराम आचार्य ज्युले एन. सि. एफ नेपाल को ईतिहासका बारेमा बताउनुहुँदै “ एन.सि. एफ.नेपालको दियो (बत्ती) बलिरहोस। “ भनेर बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रमका बिशिष्ट अतिथि रेभ. बाबुराम क्षेत्री ज्युले मन्तव्यका क्रमम वृद्ध आश्रमको संस्थापक रेभ. आशा बहादुर गुरुंगको योगदान, बलिदान र विश्वासका बारेमा प्रस्ट पार्दै एन.सि. एफ.नेपालका युवाहरु एकजुट भएर सामाजिक सेवामा लागेकोमा गर्व महसुस भएको र बार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख वक्ता पाष्टर आशिष खतिवडा ज्यु हुनुहुन्थ्यो। उहॅाले हामीले “ शक्ति (Position) होईन (Sight) /दृष्टि वा समझशक्तिको खोजि गर्नु पर्छ।” भन्ने बिषयमा शक्तिशाली वचन बोल्नु भएको थियो।

केन्द्रिय युवा आयोगका अध्यक्ष लाजरस तामाङको अध्यक्षतामा आयोजित बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी सोलिडारिटी स्कुल, हेटौडा तथा एनसिएफ नेपालका वरिष्ठ सल्लाहकार रेभ. रिषिराम आचार्य हुनुहुन्थ्यो। बिशिष्ट अतिथिहरु मधेस प्रदेश, एन.सि.एफ. नेपालका अध्यक्ष रेभ. आशिष लामा, उपाध्यक्ष रेभ. आमोस कार्की, मधेस प्रदेश ए.जि.एन का अध्यक्ष रेभ. बाबुराम क्षेत्री, वृद्ध आश्रमका अक्षयकोषका संयोजक, समाजसेवी तथा संचारकर्मी सन्तोष श्रेष्ठ, पर्सा ख्रीष्टियन समाजका अध्यक्ष ए. प्रेम घिमिरे, बिशेष अतिथिहरु पा. रोशन सुनुवार, पा. ध्रुव बस्नेत, पा. अमर पहरी, पा. सुनिल तामाङ, ए. अभय बस्नेत, पा.केशब बुढाथोकी, लिला पहरी, अर्चना थापा, पा. केशव बुढाथोकी, रविन श्रेष्ठको बिशेष उपस्थिती रहेको थियो।

स्थापना दिवसको अवसरमा प्रार्थना र राहत वितरण गर्दै आश्रममा रहेका असहाय, शारिरीक दुर्बलता भएका वृद्ध आमाबुबाहरुलाई खाद्यान्न तथा आर्थिक रकम हस्तान्तरण गरिएको थियो। एन.सि. एफ. नेपाल राष्ट्रिय युवा आयोगको सक्रियतामा व्यक्तिगत तथा स्वैच्छिक आर्थिक सहयोग संकलन गरि कार्यक्रमको आयोजना गरिएको थियो।
आश्रमका अक्षयकोषका संयोजक सन्तोष श्रेष्ठ ज्युले राहत जुटाउनु भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा अझ दिन दुखिहरुको सेवामा लाग्न आह्ववान गर्नु भएको थियो।

केन्द्रिय युवा आयोगका सचिव रोज तामाङले संचालन गरेको कार्यक्रममा मधेस प्रदेशका उपाध्यक्ष पा. आमोस कार्कीको प्रार्थनाबाट सुरु भएको थियो। मधेस प्रदेश युवा आयोगका अध्यक्ष रविन श्रेष्ठले आराधनामा अगुवाई गर्नु भएको थियो। मधेस प्रदेशका महिला आयोगका अध्यक्ष लिला पहरी र सचिव अर्चना थापाले आमन्त्रित व्यक्तित्वहरुलाई खदाद्वारा स्वागत गर्नु भएको थियो। केन्द्रिय युवा आयोगका सहसचिव पा. बिकाश थापाले सहभागीहरुलाई धन्यवाद दिनु भएको थियो। एन.सि. एफ.नेपाल मधेस प्रदेशका अध्यक्ष रेभ. आशिष लामा ज्युको आशिर्वादको प्रार्थनाद्रारा कार्यक्रमको समापन गरिएको थियो।