मनहरी–माघ १४ गते । पश्चिम् मकवानपुरको मनहरी खोला किनारमा व्यवस्थापन गरिएको पाँचौ मनहरी महोत्सव २०८० सुरु हुन अब दुई दिन मात्र बाँकी छ । माघ १६ गते दिउँसो महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ । यसअघि मनहरी ७ मनकामना मन्दिर परिसरबाट निकालिने शोभायात्राको स्थान परिबर्तन गरिएको आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ । मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट शोभायात्रा निकाल्नेगरी तयारी गरिएको छ ।
१५० वटा स्टल रहेको महोत्सवमा स्टल र स्टेज निर्माण कार्य अन्तिम चरणमा पुगेको स्टल संयोजक शिवशंकर स्याङ्तानले बताउनुभयो । महोत्सवमा ३० वटाभन्दा बढी स्थानीय व्यवसायी, व्यापारी र प्रदर्शकहरुले बुकिङ गरेका छन् । अन्य स्टलहरु बाहिरबाट आउने तयारी छ ।
यसैबीच मनहरीको पहिचानको रुपमा रहेको तामा र माछाको स्वाद चखाउने तयारी गरिएको छ । मनहरी गाउँपालिका ४ मा रहेको भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि.ले तामा र माछाको स्वाद दिलाउने गरी स्टल बुकिङ गरेको छ । स्टलमा जिउँदो माछा समेत राखिनेछ भने माछाको मम, माछा फ्राइ, माछाको सेकुवा समेत बिक्री गरिने प्रालिका सञ्चालक खेमराज गुरुङले बताउनुभयो । ‘मनहरीको पहिचान भनेकै माछा र तामा हो’, आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका महासचिव पदमबहादुर तितुङले भन्नुभयो–‘यसपटकको जाडो याममा महोत्सव परिसरमै तामा र माछाको स्वाद चखाउने व्यवस्था मिलाएका छौँ ।’
पाँचौ सृंखलाको मनहरी महोत्सवमा राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको कृषि, पर्यटन र संस्कृतिको प्रचारप्रसार प्रबद्र्धन गर्ने आयोजकले उद्धेश्य राखेको छ । लुकेका प्रतिभाहरुलाई उजागर गर्दै राष्ट्रि स्तरका कलाकारहरुको प्रस्तुतिलाई समेत महोत्सवमा जोडिएको प्रचार प्रसार उपसमिति संयोजक राजु राउतले बताउनुभयो । कोरोनाका कारण २०७५ सालदेखि रोकिएको महोत्सव ५ बर्षको अन्तरालमा आयोजना हुन लागेको हो । पाँचौ मनहरी महोत्सव ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मनहरी महोत्सवमा लोकल माछाको म.म पाइने
यो पनि पढौँ
ताजा खबर
सबैघेदुङ चितवनले तामाङ पत्रकार संघलाई गरे सम्मान
चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती हुने
महोत्सवमा स्लो साइकल रेस प्रतियोगिता सम्पन्न, विजेताहरुलाई साइकल पुरस्कार
मनहरीको दुई दिने ल्होछार कार्यक्रम मुख्यमन्त्री लामाले उद्घाटन गर्ने, ज्योती मगर आउने