२०८३ साउन ५, मंगलबार
५:५७:२४ बिहान

बिपन्न बिद्यार्थीलाई समाजसेवी तामाङको सहयोग

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ कात्तिक १८, आइतबार

१८ कार्तिक २०८१
राप्ती।
पुर्बी चितवन राप्तीको बिपन्न स्कुले बिद्यार्थीलाई कापिकलम र खाजा बितरण गरिएको छ। कोमल हृदय प्रतिष्ठान नेपालको सहयोग र युवा समाजसेवी रुपक तामाङको विशेष समन्वय साथै संयोजकत्वमा राप्ती नगरपालिकाका ५, १० र ११ नम्बर वडाका १४३ जना बिपन्न ढाड्खोला, भलपानी, मुडेबास र शिखरबस्तिका बिद्यार्थीहरुलाई कापीकलम र खाजा बितरण गरिएको हो।

´आफ्टर स्कुल´ नामक कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुको पढाईमा विशेष ध्यान दिई सम्बन्धित स्थानमै पुगी कार्यक्रम गरिएको समाजसेवी तामाङले जानकारी दिए। पहाडी भेगका विशेषगरी चेपाङ र तामाङ बिद्यार्थीहरुको आर्थिक अबस्था अत्यन्तै कमजोर र पढ्न लेख्नका लागि कापीकलम समेत किन्न नसक्ने कारण धेरै बिद्यार्थीले बिचमै स्कुल छोड्ने क्रम निरन्तर बढ्न थालेपछि बिपन्न बिद्यार्थीहरुको पढाईमा थप हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रममा राप्ती नगरपालिका १० का वडा सदस्य मानकुमार प्रजा, समाजसेवी सोमिलाल मोक्तान, स्थानिय शिक्षक चिरन थिङ, बाइ फेथ म्युजिक ब्याण्ड संयोजक सन्त मोक्तान, राप्ती नगर युथ फेलोशिपका अध्यक्ष प्रकाश बिक र सहयात्री खबर डट कमका संचालक एवम पत्रकार प्रकाश तामाङ लगायतको बाक्लो उपस्थिती रहेको थियो।