२०८२ चैत २९, आइतबार
२:४२:४२ राति

तेस्रो खैरहनी महोत्सवमा आज गायक शिव परियार आउंदै

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ पुस १३, शनिबार

खैरहनी । तेस्रो खैरहनी महोत्सवमा आज चर्चित गायक शिव परियार सहितका कलाकारहरु आउंदैछ्न । उद्योग बाणिज्य संघ खैरहनीको आयोजनामा संचालित महोत्सवको आज आठौं दिन चर्चित गायक परियार संगै मनोज महतो ,संजिव शिंह राना लगायतका कलाकार आउने कला तथा सांस्कृतिक समिति संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । आज शनिबार पनि भएकाले दर्शकको उपस्थिति बाक्लो रहने आयोजकको अनुमान छ ।

महोत्सवमा आयोजित कुस्ती प्रतियोगिताको आज फाइनल हुदैछ । महिला,पुरुष कुस्तीमा नेपाल भारतका खेलाडी सहभागी छन् ।
महोत्सवको अवसरमा आजैदेखी फुड फेस्टिवल समेत सुरु हुदैछ । पर्सा बजार स्थित म्याङ्गो जनज्योति हल अगाडिको सडकमा हुने फेस्टिवलको तयारी पूरा भएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष कुमार खनालले जानकारी दिए । फेस्टिवलमा लोकल कुखुराका परिकार सहित स्थानीय खानाका परिकारको स्वाद चाख्न पाइने खनालले बताए ।