२०८३ वैशाख १३, आइतबार
११:५३:१३ बिहान

बम्जनको घरबाट तीन करोड रुपैयाँ र १५ थान मोबाइल बरामद

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २, मंगलबार

२ माघ २०८०

काठमाडौं । प्रहरीले ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेपछि घर खानतलासी गरेको थियो ।
उनको घरबाट सीआईबीको टोलीले तीन करोडभन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइल समेत बरामद गरेको छ । सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका बम्जनलाई आजै जिल्ला प्रहरी कार्यालय सर्लाही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउपुर्जी जारी गरेको थियो । उनीमाथि २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता पारेको आरोप छ ।

रामबहादुर बम्जन बारा जिल्लाको हालखोरियामा बस्दै थिए। हिजो काठमाडौंको बुढानिलकण्ठबाट केन्दृय अनुसन्धान ब्युरोले पक्राउ गरेका छन।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.50
151.10
1
176.36
177.07
1
203.23
204.04
1
191.63
192.40
1
107.63
108.06
1
109.95
110.39
1
117.95
118.42
10
9.44
9.48
1
22.01
22.10
1
41.28
41.45
1
4.65
4.67
1
40.97
41.14
100
10.18
10.22
1
16.31
16.38
1
23.60
23.69
1
19.21
19.29
1
490.87
492.82
1
398.57
400.16
1
390.90
392.46