काठमाडौं । एनसिएफ नेपालको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष लगायतका पदाधिकारीहरूका लागि आज मनोनयन दर्ता सम्पन्न भएको छ ।
एनसिएफ-नेपालको निर्वाचन समिति-२०८२ का निर्वाचन संयोजक रेभ. चन्द्रमान नेपालीका अनुसार विभिन्न पदका लागि २३ जनाले मनोनयन दर्ता गर्नुभएको छ । जस अनुसार अध्यक्ष पदका लागि चार जनाको मनोनयन परेको छ । अध्यक्ष पदका लागि क्रमशः रेभ. बीर बहादुर कार्की, रेभ. देव कुमार क्षेत्री, रेभ. किरण कुमार परियार र पास्टर निश्चल थिंगको परेको छ भने उपाध्यक्ष पदको लागि पाँच जनाको उम्मेदवारी परेको छ, पास्टर हर्क बहादुर खड्का, रेभ. शिवहरि भट्टराई, पास्टर सिमोन राई, पास्टर आईतसिंह तितुंग र पास्टर तारासिं गुरुङको उम्मेदवारी परेको हो ।
त्यसैगरी सचिव पदको लागि पास्टर कुमार गुरुङ, पास्टर ईश्वर प्रताप लामा, पास्टर जितमान राई, प्रकाश विक्रम भाट, पास्टर हिमाल राईको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि पास्टर इन्द्र बहादुर दाहाल र पास्टर बिर बहादुर तामांग गरी दुई जनाको उम्मेदवारी परेको छ । पाँच सदस्य पदको लागि क्रमशः पास्टर बोधराज सुनुवार, पास्टर जन्मजय भट्टराई, पास्टर राज कुमार घिमिरे, पास्टर छविलाल मोक्तान, पास्टर महेश सिंह दोंग, पास्टर पदम प्रसाद सेढाई र पास्टर उदयराज भाट गरी ७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
स्मरण रहोस् आगामी जेठ १८ र १९ गते ललितपुरको सानेपास्थित आराधना चर्चमा एनसिएफ-नेपालको राष्ट्रिय अधिवेशन हुन गइरहेको छ । कार्यक्रम तालिका अनुसार १८ गते उद्घाटन सत्र हुनेछ भने भोलिपल्ट १९ गते निर्वाचन सम्पन्न हुनेछ ।
एनसिएफ नेपालको नयाँ नेतृत्वका लागि आज २३ जना मनोनयन दर्ता



यो पनि पढौँ


ताजा खबर
सबै
निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी

विद्यालयमा र्याकले चेपिएर बालकको मृत्यु: ३ लाखमा मुद्दा मिलाउन खोजिएको भन्दै आक्रोश

राक्सिराङ घटना: अस्पतालमा उपचाररत बालक एरोनको निधन, आमा विदेशमै बेहोस

राक्सिराङको एक विद्यालयमा र्याक पल्टिँदा चार वर्षीय बालक गम्भीर घाइते, आइसियुमा छट्पटीदै









































