२०८३ वैशाख १३, आइतबार
९:०५:४६ बिहान

तिनै पालिका अध्यक्षको एउटै स्वर – गाँजालाई बैधानिकता देउ

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ असार १, शनिबार

१ असार २०८१
मकवानपुर ।
नेपाली काङ्ग्रेस निकट भातृ संगठन तरुण दलको केन्द्रीय सदस्य राजेश भेटवालको संयोजकत्वमा गाँजा विशेष बहस कार्यक्रम आज मनहरीमा सम्पन्न भएको छ।

`गांजा कृषि र सम्भाव्यता – गांजा कृषि बैधानिकता´ भन्ने मुल नाराका साथ आयोजित बहस कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, कैलाश गाउँपालिकाका अध्यक्ष लोक मुक्तान, कांग्रेस निकट वडा अध्यक्ष लगायत अन्य बुद्धिजीवी नेताहरु बाक्लो रुपमा सहभागी भएका थिए।

बहस कार्यक्रममा सबैजसो नेताहरूले नेपालमा छिटोभन्दा छिटो गांजालाई बैधानिकता दिईनुपर्नेमा जोड दिएका छन् । गांजालाई लागुपदार्थको रुपमा मात्र नहेरी यसको प्रयोगबाट औषधिजन्य बस्तुहरु साथै कपडा निर्माण लगायतसमेत हुने र जनताको आयस्तर वृद्धि हुने भएकाले यसको उपयोगिता बारे सरकारले शिघ्र रुपमा ध्यान दिईनुपर्नेमा जोड दिए।

राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले नेपाल सरकारले गांजा रोप्न बैधानिकता दिएको खण्डमा राक्सिराङ, मनहरी र कैलाशका किसानहरुलाई लाईसेन्स दिईनुपर्नेमा जिकिर गरे। यहाँका माटो उर्बरशिल भएको र यहाँ उत्पादित बस्तु गुणस्तरीय हुने ठोकुवा गर्दै नेपालकै कृषि पकेट क्षेत्र घोषित गरि उत्पादनका लागि बैधानिकता दिईनुपर्ने भन्दै आफ्नो भनाई ब्यक्त गरे ।

´गांजा ओसारपसारमा कारागार रहनुभएका हाम्रा परिवारलाई रिहाई´ गर्नुपर्छ भन्दै उपस्थित सबै नेताहरुले माग समेत राखेका छन् । ठूलो ब्यापारीलाई पक्राउ गर्न नसक्नु र सोझा सिधा जनता जसको बिहान बेलुका खान मुस्किल भएका स्थानियहरुलाई निरन्तर रुपमा कारागार पठाईनु असह्य भएको ठहर्‍याउदै कारागारमा रहेका परिवारलाई रिहाई गरिनुपर्नेमा नेताहरुको जोड थियो।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.50
151.10
1
176.36
177.07
1
203.23
204.04
1
191.63
192.40
1
107.63
108.06
1
109.95
110.39
1
117.95
118.42
10
9.44
9.48
1
22.01
22.10
1
41.28
41.45
1
4.65
4.67
1
40.97
41.14
100
10.18
10.22
1
16.31
16.38
1
23.60
23.69
1
19.21
19.29
1
490.87
492.82
1
398.57
400.16
1
390.90
392.46