२०८३ वैशाख ९, बुधबार
११:४४:४१ बिहान

एन सि एफ नेपाल संघीय महिला तथा युवा आयोगको अधिबेशन सम्पन्न

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ चैत २८, बिहीबार

२०८१ चैत्र २८, धरान – सुनसरी ।
६५ बर्षभन्दा पुरानो नेपाली ईसाईहरुको छाता संगठन नेपाल राष्ट्रिय मण्डली संगति(एन सि एफ) नेपाल संघीय महिला तथा युवा आयोगको अधिबेशन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय मण्डली संगति(एन सि एफ) नेपालको केन्द्रिय उपाध्यक्ष एवम् रेभ. पास्टर वीर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो। सुनसरी जिल्ला धरान उपमहानगरपालिका १५ स्थित कृपा ईम्मानुयल चर्चमा सम्पन्न सो अधिवेशनले रिना महर्जनको अध्यक्षतामा १० सदस्यीय संघीय महिला दिदिबहिनी आयोग समिति सर्वसम्मतरुपमा चयन गरेको छ। जसमा उपाध्यक्ष कल्पना पोख्रेल, सचिव लक्ष्मी प्रजा, सहसचिव मना पाण्डे, कोषाध्यक्ष भिमा राई, सदस्यहरु सुना माया तामाङ, माया गुरुङ, संगीता पाण्डे, सारा श्रेष्ठ र माया गिरी रहेका छन। त्यसै गरी युवा आयोगमा अध्यक्ष लाजरस तामाङ, उपाध्यक्ष प्रबेग पोख्रेल, सचिब वीर रत्न दोङ (रोज), कोषाध्यक्ष बिकल थापा, सदस्यहरु बिकास थापा, विशाल नेपाली, अदित तामाङ, उज्ज्वल महर्जन, मिलन बिसि र बिबस श्रेष्ठ चयन भएका छन। चयन भएका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा एन सि एफ नेपालका केन्द्रिय उपाध्यक्ष रेभ. पास्टर वीर बहादुर कार्की, कोषाध्यक्ष रेभ. हिमाल राई, एन सि एफ नेपाल कोशी प्रदेशका अध्यक्ष गंगा आले साथै स्थानिय पास्टरहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।