२०८३ वैशाख १३, आइतबार
११:२९:४८ बिहान

त्रिविका शैक्षिक प्रमाण पत्र लिन अनलाइन आवेदन दिन सकिने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २, मंगलबार

२०८० माघ २ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
त्रिविको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै १५ माघदेखि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइन मार्फत आवेदन दिन सकिने जानकारी दिएको छ ।

कार्यालयको सूचना अनुसार विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रमाणपत्रको प्रतिलिपी, प्रमाणपत्र सच्याउने जस्ता कामका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने र अनलाइनमार्फत नै शुल्क तिर्न सक्ने व्यवस्था गरिएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीले आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्ने र नपुग भएमा इमेलमा सूचना आउने प्रणाली बनाएको जानकारी दिए ।

अनलाइन आवेदन दिएपछि कहिले र कहाँ शैक्षिक पत्र उपलब्ध हुन्छ भन्ने जानकारी अनलाइनमार्फत नै गराइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक जोशीले भने, ‘आवेदन दिन यहाँ आउनुपरेन तर लिनका लागि भने उपत्यकाको हकमा विद्यार्थी आफ्नो शैक्षिक प्रमाणपत्र लिन बल्खु आउनुपर्छ, बाहिरको हकमा क्षेत्रीय कार्यालयमा पठाउँछौं ।’

परीक्षा नियन्त्रण कार्यालयले यसबारे विस्तृत जानकारीसहितको सूचना १० माघमा वेबसाइटमा राख्ने बताएको छ । त्रिविको शैक्षिक प्रमाणपत्र हाल काठमाडौंको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयबाट मात्र लिन सकिनेछ । त्यसका लागि लाइन बसेर निवेदन दिने र शुल्क तिर्नुपर्ने बाध्यता छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.50
151.10
1
176.36
177.07
1
203.23
204.04
1
191.63
192.40
1
107.63
108.06
1
109.95
110.39
1
117.95
118.42
10
9.44
9.48
1
22.01
22.10
1
41.28
41.45
1
4.65
4.67
1
40.97
41.14
100
10.18
10.22
1
16.31
16.38
1
23.60
23.69
1
19.21
19.29
1
490.87
492.82
1
398.57
400.16
1
390.90
392.46