२०८३ वैशाख १७, बिहीबार
५:०१:३० बिहान

अधिकार प्राप्तिको लागि तामाङले राजनीति गर्नैपर्छ – अध्यक्ष गोले

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ जेठ १३, मंगलबार

चितवन । नेपाल तामाङ घेदुङ जिल्ला समिति चितवनको आयोजनामा तामाङ भाषा, लिपि प्रवर्ध्दन तथा सामुदायिक अधिकार विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर–११, भोजाड स्थित छेच्यु थर्पलिङ गुम्बामा जिल्लाभरिका तामाङ समुदायलाई लक्षित गरी सोमबार कार्यक्रम गरिएको घेदुङका जिल्ला अध्यक्ष बाबुलाल थिङ तामाङले जानकारी दिए ।

पछिल्लो समय तामाङ समुदायभित्र आफ्नो भाषा, संस्कृति बिर्सदैँ जाने क्रम बढेपछि घेदुङले ‘तामाङ भेषभूषा, धर्म, कला, लिपि, संस्कार तथा संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं भन्ने मूल नारासहित संरक्षणमा जोड दिएको अध्यक्ष तामाङले बताए ।

नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मोहन गोलेले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमको प्रमुख वक्ता समेत रहेका गोलेले तामाङ समुदायको अबको यात्रा राजनीति रहेको बताए ।

हाम्रा पूर्खाहरुलाई विभिन्न कालखण्डमा राज्यले सदियौंदेखि दमन गर्दै आएको उनको आरोप थियो । आफ्नो हक र अधिकारका लागि तामाङ समुदाय अब जागरुक हुनुपर्ने बेला आएको उनको भनाइ थियो ।

परापूर्वकालदेखि राज्यले हामीलाई थिचोमिचो गर्दै आएको बताउँदै तामाङ समुदाय अब राजनीति तर्फ लाग्नुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा वाङचु वाइवाले डिजिटल प्रविधिबाट तामाङ लिपि, एपबारे प्रकाश पारेका थिए । बाइवाले लामो समयको अध्ययन र अनुसन्धान गरी एपबाटै पछिल्लो पुस्तालाई लक्षित गरी जनजातिको भाषा, लिपिको संरक्षण जगेर्नामा जोड दिँदै आएका छन् ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका सचिव गोमनसिंह रुम्बा, घेदुङ बागमती प्रदेशका सचिव दिलकुमारी थिङ, घेदुङ बागमती प्रदेशका सचिवालय सदस्य श्रीप्रसाद तामाङ, भरतपुर नगर तामाङ समाजका संस्थापक अध्यक्ष दिलमाया तामाङ, पूर्वअध्यक्ष गंगालाल लामा, निवर्तमान अध्यक्ष पासाङ तामाङ, छेच्यु थर्पलिङ गुम्बा भोजाड–११ का पञ्चबहादुर तामाङ, दूधपोखरी तामाङ समाजका कोषाध्यक्ष आइतीमाया तामाङ, पाख्रिन सेवा समाजका शम्भुलाल पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहसचिव जीतबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सचिव सन्देश घलान तामाङले गरेका हुन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.46
152.06
1
177.29
177.99
1
204.60
205.41
1
191.92
192.68
1
108.41
108.84
1
110.72
111.15
1
118.56
119.03
10
9.48
9.51
1
22.17
22.25
1
41.55
41.71
1
4.64
4.65
1
41.24
41.40
100
10.24
10.28
1
16.35
16.41
1
23.72
23.82
1
19.33
19.40
1
494.08
496.04
1
401.38
402.97
1
393.40
394.96