२०८३ वैशाख १६, बुधबार
४:५७:०० बिहान

चितवनका तामाङहरु संयुक्त रुपमा ल्होछार मनाउँदै

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ १५, सोमबार

१५ माघ २०८०

चितवन । जिल्लाभरिका तामाङ समुदायहरु मन्जुश्री सम्वत २८६० डुक/मुल्हो सोनाम ल्होछार मनाउन एकजुट हुने भएका छन् । तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले शनिबार आयोजना गरेको वृहत अन्तक्र्रिया कार्यक्रममा उनीहरुले एकजुट भएर सोनाम ल्होछार मनाउने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङले यही माघ २२ गते सोनाम ल्होछार मनाउने जानकारी दिए । नारायणी नदी किनारमा मनाइने उक्त पर्वको जिल्लाभरिका तामाङ समुदायका संस्था, गुम्बालगायत सबैलाई समेटेर शुभकामना आदानप्रदान, सेलो नाच, भेषभूषा प्रदर्शन गर्ने उनले बताए ।
सो दिन तामाङ समुदायहरुको बृहत् र्याली नगर परिक्रमा गरी चौबिसकोठीमा जम्मा भएर कार्यक्रम स्थल नारायणी नदी किनारमा पुगेर भव्य कार्यक्रम गरी मनाइने उनको भनाइ छ । उनले कार्यक्रम भव्य र सभ्य, उल्लासमय ढंगबाट सम्पन्न गर्नका लागि सामाजिक सञ्जाललगायत सबै प्रचार प्रसारको अभियानमा जुट्न सम्पूर्ण तामाङहरुलाई आग्रह समेत गरे ।
उनले कार्यक्रमलाई सफल पार्न सबै तामाङ समुदायको जिम्मेवारी भएकोले सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोगको अपिल गरेका छन् । सोनाम ल्होछार पर्व तामाङहरुको सबैभन्दा ठूलो पर्व हो भने उनीहरुले वर्षेनी हल्र्लोउल्लासका साथ चितवन जिल्लालगायत देशैभर मनाउँदै आएका छन् ।
नेपाल तामाङ घेदुङ संघीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि गोमनसिंह तामाङले जिल्लाबाट हुने हरेक गतिविधिमा केन्द्रको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । प्रमुख अतिथि तामाङले सोनाम ल्होछार मनाउँदा आर्थिक व्ययभार कम गरी तामाङ सेलो र आफ्नो संस्कृतिमा जोड दिन आग्रह गरे ।
सोही अवसरमा प्रमुख धर्मगुरु प्रेम दोर्जे बल लामाले तामाङहरुको जीवन दर्शनको बारेमा प्रकाश पारेका थिए । उनले ल्होछार पर्वका लागि रु. दश हजार आर्थिक सहयोगको घोषणा समेत गरे ।
कार्यक्रममा राप्ती नगरपालिका उपमेयर देवन लामा, भरतपुर नगर तामाङ समाजका पूर्वअध्यक्ष गंगालाल लामा, घेदुङ चितवनका प्रथम सल्लाहकार श्रीप्रसाद तामाङ, देछेन छ्योलिङ गुम्बा देवघाटका सल्लाहकार शम्भु पाख्रिन, दुध पोखरी तामाङ समाजका अध्यक्ष लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
म्हाणिमा आमा समूह चितवनले सहजीकरण गरेको उक्त अन्तक्र्रिया कार्यक्रममा जिल्लाभरिका घेदुङका नगर कमिटीका अध्यक्ष, गुम्बाका अध्यक्ष, तामाङ समुदायका बौद्धिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बाबुलाल थिङ तामाङको अध्यक्षतामा सम्पन्न भएको हो भने संस्थाका सचिव सन्देश घलानले संचालन गरेका थिए ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68