चितवनमा भोलि लालपुर्जा वितरण गरिने

Sahayatri Khabar fav icon
Sahayatri Khabar
March 15, 2025

प्रकाश तामाङ
२०८१ चैत्र २, चितवन।
भुमी समस्या समाधान आयोग चितवनले जग्गाको लालपुर्जा बितरण गरिने भएको छ। आयोगले चितवनका रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा लालपुर्जा बितरण गर्न लागेको हो। नेपाल सरकारबाट यस बर्ष अर्थात २०८१ मा नियुक्त गरीएका ७७ जिल्ला समितिहरु मध्ये भुमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी दर्ता प्रमाण-पुर्जा सबैभन्दा अगाडि वितरण गरी देशकै प्रथम जिल्ला हुन सफल हुने भएको छ। बि. स. २०८१ माघ ०३ गते देखि पदभार ग्रहण गरेका भुमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमान सिं लामाले साेही दिन देखि नै सदस्य- सचिव र पदेन सदस्यहरु संग समन्वय गर्दै केही कर्मचारीहरुकाे साथ लिएर  काम काजकाे प्रक्रिया निरन्तर अगाडि बढाएका थिए । जसको कारणले रत्ननगर नगरपालिका १२ र भरतपुर महानगरपालिका ११, १५ र २६ का समेत गरी ३०२ जना सुकुम्बासीलाई लालपुर्जा दिन सफल हुने भएको छ । उनले बितरणका लागि सबै तयारी पुरा भईसकिएकोले भोलि अर्थात चैत्र ३ गते दुबै पालिकामा बितरण हुने जानकारी दिए। यस भन्दा अगाडिका दिनहरूमा पनि उनले नेनृत्व लिएको निकायहरुमा अत्यन्तै कुशलता पुर्बक कार्य सम्पादन गर्दै आएका लामा लुम्बिनी बिकास काेषकाे कार्यकारी निर्देशक रहँदा नेपालीभूमि बुद्ध जन्म स्थल लुम्बिनीलाई बिश्व सामु चिनाउन बिशेष भुमिका निभाएकाे ठहर गर्दै सन २०१९ मा ४३ राष्ट्र सहभागीता भएको बिश्व बाैद्व सम्मेलनमा पश्चिम बंगालको राज्य प्रमुख बाट सम्मानित भएको थियोे। नगरपालिकामा जनप्रतिनिधिको रुपमा रहँदा पनि जनताको हरेक सुखदुःखमा सरिक भएर आफ्नो ज्यानको समेत प्रवाह नगरी काेराेनाकाे महामारीकाे समयमा २२७ जना बिरामीहरुलाई आफै चालक बनेर सेवा दिइएका थिए । राज्यले दिइएका सेवा सुविधाको रकम आफ्नो काममा खर्च नगरी अशक्त,असहाय,सहारा विहीन दिनदुखी, दिर्घराेगी जनताका ६ वटा घरहरू निर्माण गरि दिएका थिए । सधैं जनताको सेवामा समर्पित ब्यक्तित्व भएका कारण राप्तीका जनताका बिच सर्बाधिक लाेकप्रिय नेताको रुपमा परिचित रहेका थिए । उनलेे कानुनी रुपमा नमिल्ने वा नकारात्मक सुचिका जग्गाहरु बाहेक बर्षाै देखि विभिन्न स्थानमा बसाेबास गर्दै आएका भुमिहीन दलित, भुमिहीन सुकुम्बासी, अव्यवस्थित बसाेबासीहरुलाई सराेकारवाला निकायहरु संग समन्वय गरेर कानुनी प्रक्रिया पूरा गरी पुर्जा वितरण गरिने कार्यमा निरन्तर लागि पर्ने बताए ।