५ बैशाख २०८२
प्रकाश तामाङ – चितवन । तामाङ पत्रकार संघ चितवनले नयाँ वर्षको शुभकामना तथा भित्ते पात्रो विमोचन कार्यक्रम पुर्बी चितवनको राप्ती नगरपालिका स्थित भण्डारा माविको सभाहलमा सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता चितवन जिल्ला अध्यक्ष प्रकाश तामाङले गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुमी समस्या समाधान आयोग चितवनका अध्यक्ष, निवर्तमान राप्ती नगरपालिकाको उपमेयर एवम् तामाङ समुदायको अग्रज ब्यक्तित्व ईमान सिं लामाले तामाङ पत्रकारको उत्थानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले चितवन जिल्लामा तामाङ पत्रकारको गतिविधिलाई आफुले नजिकबाट नियाल्दै आईरहेको बताउदै आगामी दिनमा सफल बन्दै अगाडी बढ्न शुभकामना ब्यक्त गरे। उनले जनजातिहरुको समुदायभित्रका भूमिहीनहरुलाई निस्साको लागि वडाहरुमा नाम दर्ता गराउन आग्रह गरे ।भूमिहीनहरुले जग्गा प्राप्त गर्न कागजी पक्रिया र समयावधि लामो हुने भएकोले सक्दो चाँडो आफैँ लागि पर्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु राप्ती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिताराम तामाङ, वडा नम्बर ६ का वडा सदस्य सहदेब सेढाईं, तामाङ घेदुङ संघिय सचिव गोमन सिङ लामा, तामाङ पत्रकार संघ को संघीय सदस्य राजेश रुम्बा लामा, राजकुमार स्याङ्बो, तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्ष ज्ञानेन्द्र तामाङ, तामाङ घेदुङ बागमती प्रदेशका सचीव दिलकुमारी थिङ, लोथर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष एवम् समाजसेवी मान बहादुर स्याङबो, भण्डारा माविको अध्यक्ष एवम् समाजसेवी राम बहादुर सारु मगर, टसि छ्योलिङ युङने लाखङ बुद्ध गुम्बा राप्ती गड्यौलीका अध्यक्ष मनिक लामा, लोथर महादेवटार गुम्बाका अध्यक्ष हर्क बहादुर खुलाल, देबघाट गुम्बा निर्माण समिती अध्यक्ष एवम् समाजसेवी शम्भु पाख्रीन, युवा समाजसेवी बिराज पाख्रीन, युवा समाजसेवी मीन राज घलान, समाजसेवीहरु तारा सिं गुरुङ, सोमिलाल मुक्तान, रुपक तामाङ, राजकुमार थिङ, धनमाया तामाङ लगायतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिले ब्यानर वाचन गरेर भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राप्ती नगरपालिका ५ का वडा अध्यक्ष सिताराम तामाङले पहिचानको मुद्दालाई तामाङ पत्रकारले अग्रपंक्तिमा ल्याएको बताउदै अझ सशक्त ढंगले अघि बढ्न सुझाव दिए। तामाङ घेदुङ संघीय सचीव गोमन सिं रुम्बा लामाले तामाङ पत्रकारको एकताको खुलेरै प्रशंसा गर्दै भाषा र लिपिबारे पनि जानकारी हुन औंल्याए। कार्यक्रममा बोल्दै तामाङ पत्रकार संघ संघीय सदस्य राजेश रुम्बा लामाले तामाङ पत्रकार संघ चितवनले बिगतको बर्षदेखी बिभिन्न गतिविधि गर्दै आईरहेकोले आफैं सहभागी भएर साथ दिइरहेको र आगामी दिनमा पनि साथ सहयोग रहने बिस्वास दिलाए। तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङले तामाङ पत्रकारको इतिहास, संघर्ष र परिवेशबारे प्रकाश पारेका थिए।
यसैगरी कार्यक्रममा तामाङ घेदुङ बागमती प्रदेश सचिव दिल कुमारी लामा, लोथर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष मान बहादुर स्याङ्बो, भण्डारा माविका अध्यक्ष राम बहादुर सारु मगरले शुभकामना मन्तव्य व्यक्त गर्दै तामाङ पत्रकारको एकता, संघर्ष र समाज रुपान्तरणमा जिल्ला अध्यक्ष प्रकाश तामाङले पुर्याएको योगदान प्रती सरहना व्यक्त गरे।
कार्यक्रमका बिशिस्ट अतिथि, अतिथि साथै प्रमुख अतिथि भुमी समस्या समाधान आयोग चितवनका अध्यक्ष एवम् निबर्तमान राप्ती नगरपालिका उपप्रमुख ईमानसिं लामालाई मायाको चिनोले सम्मान गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सन्तोष तामाङले राखेका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव प्रतिमा तामाङले गरेका थिए। कार्यक्रमको समापनमा बोल्दै सभाध्यक्ष प्रकाश तामाङले उपस्थित जनप्रतिनिधि, तामाङ समुदायका अग्रज, पत्रकार सबै सबैलाई आभार प्रकट गरे।
तामाङ पत्रकार संघले २०७१ सालदेखि निरन्तर भित्तेपात्रो प्रकाशन साथै अन्य विविध पक्षहरुमा समेत कार्यक्रमहरु गर्दै आइरहेको छ ।