फागुन ११ गते, मनहरी।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ मा रहेको युनिभर्सल लर्निङ एकेडेमीमा युनिभर्सल फेस्ट २०८० सुरु भएको छ ।
गतबर्षबाट मात्रै कक्षा १० सम्मको अध्यापन सुरु गराएको एकेडेमीले बार्षिक कार्यक्रमलाई बृहत बनाएर उत्सवको रुपमा युनिभर्सल फेस्ट सञ्चालन गरेको हो । फेस्ट फागुन ९ गते सुरु भएर आज ११ गते भब्य समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष शिवकुमार रिजालले जानकारी दिनुभयो ।
युनिभर्सल फेस्ट अन्तर्गत पहिलो दिन विद्यालयका तीन कक्षासम्मका बालबालिकाहरुलाई खेलकुदमा सहभागी गराइएको छ । त्यसैगरी ठूला कक्षाका विद्यार्थीहरुका लागि फुटसल प्रतियोगिता सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
फागुन १० गते ठूला कक्षाका बालबालिकाहरुबीच खेलकुद प्रतिस्पर्धा हुनेछ । जस अनुसार भलिबल, फुटसलसहित विविध खेलहरुका साथमा लोपोन्मुख चुङ्गी, स्टोन पिरामिड मेकिङ (हु गेम) लगायतका खेलहरु समेत समाबेश गरिएको छ ।
फागुन ११ गते भलिबल, फुटसल, म्याराथन दौडसहित सबै खेलहरुको फाइनल खेल हुनेछ । सोही दिन विद्यार्थीहरुले बनाएका विज्ञान सामग्री, सामाजिक शिक्षा अन्तर्गतका सामग्री र गणितका सामग्रीहरुको प्रदर्शनी हुनेछ ।
त्यसैगरी बालबालिकाकै नेतृत्वमा फुड स्टल सञ्चालनमा ल्याइनेछ । बालबालिकाले आफैले बनाएका खाजाका परिकारहरु स्टलमा राखेर बिक्री बितरण गर्ने र त्यसबाट भएको आम्दानी आफ्ना कक्षाको शैक्षिक विकासका लागि खर्च गरिने योजना बनाएर कार्यक्रम बनाइएको अध्यक्ष रिजालले जानकारी दिनुभयो । खेलकुद, शैक्षिक प्रदर्शनी, फुड फेस्टिबल र सांस्कृतिक कार्यक्रमलाई एकैसाथ मिसाएर युनिभर्सल फेस्ट सुरु गरिएको उहाँको भनाई छ ।
यसबर्षदेखि सुरु भएको फेस्टले आगामी बर्ष समेत परिमार्जित भएर निरन्तरता पाउने उहाँले जानकारी दिनुभयो । २०६३ सालमा स्थापना भएको एकेडेमीले पछिल्लो समय मनहरीसहित पश्चिम मकवानपुरमा शैक्षिक तथा सामाजिक सेवा क्षेत्रमा टेवा पु¥याउँदै आएको छ । अतिरिक्त कक्षाहरु सञ्चालन गरी विद्यार्थीहरुलाई कोर्षका अलावा बाह्य व्यवहारिक ज्ञानमा तीक्ष्ण बनाउने लक्ष्यसहित एकेडेमी सक्रिय बताइएको छ ।
मनहरीमा युनिभर्सल फेस्ट २०८० को आज समापन हुँदै



यो पनि पढौँ


ताजा खबर
सबै
उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरु आचार बनाउने तालिम सुरु

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट पाउने

चितवनमा रक्तदान सहित सांगीतिक कार्यक्रम गरि पुनस्र्त्थान दिवस सम्पन्न

पुर्बी चितवनमा पुनस्र्त्थान दिवस मनाईदै, रक्तदान पनि हुने

तामाङ पत्रकार संघ चितवनको नयाँ बर्षको शुभकामना तथा भित्तेपात्रो विमोचन सम्पन्न


