२४ पुष २०८१, मनहरी।
मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीबाट हराईएका तीन बालिका भेटिएकाछन् । मङ्गलबार ब्रम्हकाली आधारभूत बिधालय मनहरी ७ रमौलीमा अध्ययनरत ती बालिकाहरु मनहरी ८ र ९ नम्बर वडाको सिमाना पर्ने गुरुङडाँडा छेउको चौतारामा रोईरहेको अवस्थामा फेला परेको र उनिहरुलाई ईलाका प्रहरी कार्यालय मनहरीमा उद्दार गरि ल्याईएको ईप्रका मनहरी कार्यालयले जानकारी दिएकोछ ।
बिधालयबाट छुट्टि भई घर जाने क्रममा मनहरी ६ नम्बर घर भएका कक्षा ३ मा अध्ययनरत छात्राहरु मनिका राई, शुश्मा तामाङ र आरोसी राई घर नपुगेपछी खोजी कार्य शुरु गरेको थियो । बिध्यालयबाट ३:२० बजे घर निस्किएको तर घरमा नानिहरु नपुगिए पछि सम्पुर्ण गाउँलेहरुले प्रहरी टोलि सहित खोजि कार्य थालेका थिए । आफ्ना आफन्तहरुकोमा समेत खोजी गर्दा पनि उनिहरु नआएको खबरले झन त्रासमय बनाएको र खोजी कार्यलाई तिब्रता दिईएको थियो ।
उनिहरुलाई झन्डै ८ किलोमिटरको दुरि पर रोईरहेको अवस्थामा फेलापरेका उनिहरुलाई कस्ले लगेको ? किन लगेको त्यसको बारेमा थप अनुसन्धान भईरहेको ईप्रका मनहरीले जनाएकोछ ।
हराईएका बालिका सिम्पानीमा भेटिए मनहरी प्रहरीद्वारा उद्दार



यो पनि पढौँ


ताजा खबर
सबै
निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी

विद्यालयमा र्याकले चेपिएर बालकको मृत्यु: ३ लाखमा मुद्दा मिलाउन खोजिएको भन्दै आक्रोश

राक्सिराङ घटना: अस्पतालमा उपचाररत बालक एरोनको निधन, आमा विदेशमै बेहोस

राक्सिराङको एक विद्यालयमा र्याक पल्टिँदा चार वर्षीय बालक गम्भीर घाइते, आइसियुमा छट्पटीदै









































