२०८३ जेठ २२, शुक्रबार
५:४१:०८ बेलुका

राक्सिराङको बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा गणेश सर्बसम्मतले चयन

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० चैत १६, शुक्रबार

राक्सिराङ, हेटौंडा । १६ चैत्र २०८०
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका – ६ माकलदमार स्थित श्री जनसेवा प्राथमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । भेलाले समितिको अध्यक्षमा समाजसेवी डस बहादुर तामाङ(गणेश) लाई सर्बसम्मतले चयन गरेको हो।

विद्यालयको शुक्रबार भएको अविभावक भेलाले डस बहादुर तामाङ(गणेश) को अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति समेत चयन गरेको हो । समितिका सदस्यहरुमा
पुतलिमाया चेपाङ, रिना थिङ, सोल्टीमाया चेपाङ, रजनी मुक्तान, सदस्य सचीव प्रधानाध्यापक सबिता भट्ट, सदस्य सोही वडाका वडाअध्यक्ष अक्कल बहादुर मोक्तान, चमेली माया गोम्बा र बेलमान तामाङ चयन भएको अभिभावक ठाकुर तामाङले जनाए । उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विस्वास लिएर नै तामाङलाई भेलाद्वारा अध्यक्षमा चयन गरेको बताए ।

तामाङले विद्यालयमा स्थापनाकालदेखि नै योगदान दिईरहेको र अबको दिनहरुमा पनि योगदान दिन सक्नेमा अभिभावकहरु विश्वस्त रहेको अभिभावक दिप प्रजाको तर्क छ ।

अभिभावक भेला तथा बिद्यालय ब्यबस्थापन समिति गठन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका पुर्ब भौतिक पुर्बाधार राज्यमन्त्री सन्त बहादुर चेपाङ, बिशिस्ट अतिथी राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, अन्य अतिथिहरुमा वडा अध्यक्ष अक्कल बहादुर मोक्तान, वडा सदस्यद्वय भिम बहादुर चेपाङ र तिलक तामाङ, सिलिङ्गे सामुदायिक बन समितिको अध्यक्ष कृष्ण लाल मोक्तान लगायतका बुद्धिजीवी ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
152.96
153.56
1
178.05
178.74
1
205.85
206.65
1
194.20
194.96
1
109.26
109.69
1
110.10
110.53
1
119.24
119.71
10
9.57
9.61
1
22.58
22.67
1
41.95
42.12
1
4.69
4.71
1
41.65
41.81
100
9.98
10.02
1
16.38
16.45
1
23.82
23.92
1
19.52
19.60
1
498.32
500.28
1
405.65
407.24
1
397.29
398.85