सोमबार दिउँसो ऊर्जामन्त्री दीपक खड्का विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गर्दै थिए । त्यही वेला कुलमान भने विपन्न चेपाङहरूको घर झिलिमिली पार्न मकवानपुरको राक्सिराङ गाउँपालिकाको खैराङ पुगेका थिए । त्यहाँ उनले चेपाङबस्तीसहित सिंगो पालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गरे । सोमबार बिहान ७ः३० बजेको फ्लाइटमा चितवन पुगेका कुलमान त्यहाँबाट गाडीमा खैराङ पुगेका थिए । स्थानीयले बाजागाजासहित उनको स्वागत गरे । कार्यक्रम सकेर कुलमान पुनः भरतपुर हुँदै साँझ ५ बजेको फ्लाइटमा काठमाडौं फर्किए ।
साँझ ६ बजे कार्यालय पुगेका उनी राति ८ बजेसम्म कार्यालयमै बसेर नियमित काममा सक्रिय थिए । त्यसपछि उनी कार्यालयबाहिरका भेटघाटमा थिए, आफुलाई सरकारले पदमुक्त गरेको खबर राति ९ बजेतिर मिडियामार्फत जानकारी पाएको उनले बताए । ‘मलाई हटाउनुपर्ने कारण थिएन । राम्रो काम गर्यो भनेर हटाइयो,’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।
हटाउने दिन पनि निमुखा चेपाङको बस्तीमा बत्ती बाल्दै थिए कुलमान



यो पनि पढौँ


ताजा खबर
सबै
चितवनका विकट चेपाङ बस्तीमा ‘सुन्दर नेपाल सरसफाइ अभियान’द्वारा राहत वितरण

निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी

विद्यालयमा र्याकले चेपिएर बालकको मृत्यु: ३ लाखमा मुद्दा मिलाउन खोजिएको भन्दै आक्रोश

राक्सिराङ घटना: अस्पतालमा उपचाररत बालक एरोनको निधन, आमा विदेशमै बेहोस









































