२०८३ असार ४, बिहीबार
६:४७:५८ बेलुका

भण्डारामा किङ्स म्युजिक एकाडमी शुभारम्भ

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ वैशाख ३, बुधबार

२ बैशाख २०८२
भण्डारा ।
पुर्बी चितवनको भण्डारामा पहिलोपटक संगीत एकाडमी शुभारम्भ भएको छ।

मंगलबार एक कार्यक्रमका बिच राप्ती नगरपालिका वडा नम्बर ५ स्थित भण्डारा बजारमा समाजसेवी सोमिलाल मोक्तानको बाहुलिबाट किङ्स म्युजिक एकाडमी नामक संगीत सेन्टरको शुभारम्भ गरिएको हो।

किङ्स म्युजिक एकाडमीका प्रोप्राइटर एवम् संगीत शिक्षक गायक युबक तामाङले राप्तीभरीका संगीत पारखीहरुका लागि भण्डारा बजार उद्गम स्थल रहेकोले आफुले संगीत सेन्टर खोलिएको बताए । उनले ´गीत बनेर´ नामक एल्बम समेत बाहिर ल्याईसकेका छन् । उनले संगीत सिक्न चाहनेहरुका लागि भारी छुटका साथ भर्ना लिईरहेको बताउदै हार्मोनियम, गिटार, पियानो, मादल बाद्यबादन साथै गीत गायनका लागि सुर कक्षा समेत हुने जानकारी दिए। बाद्यबादन तालिम साथै सुर तालिम हरेक हप्ताको चार दिन बेलुका ४ बजेदेखी ६ बजेसम्म संचालन हुनेछ। । सो संगीत सेन्टर प्रोटोन एजुकेसन कन्सल्टेन्सी भवनको अफिससंगै जोडिएर रहेको छ।

प्रोटोन एजुकेसन कन्सल्टेन्सीका संचालक दिनेश बिसुन्केले संचालन गरेको शुभारम्भ कार्यक्रममा समाजसेवी बिनोद पुन, गायस मोक्तान, रुपक तामाङ, विशेष मल्ल, सुर्य घलान, प्रकाश थिङ, युवा समाजसेवी प्रकाश सुनार लगायतको उपस्थिति रहेको थियो।