२०८३ असार ४, बिहीबार
७:०१:४२ बेलुका

मानव सेवामै बित्छ पूर्व उपमेयर इमान सिंहको दिनचर्या

Sahayatri Logo Square
Sahayatri Khabar
२०८३ असार ३, बुधबार

३ असार २०८३
चितवन ।
राप्ती नगरपालिकाका पूर्व उपमेयर इमान सिंह लामाको दैनिकी अचेल फेरिएको छ। पदीय जिम्मेवारीमा रहँदा होस् वा नरहँदा, उनी सधैँ जनताकै सेवामा सक्रिय भेटिन्छन्। राप्तीका स्थायी बासिन्दा लामाले पछिल्लो समय चितवनकै ‘सामाजिक मेरुदण्ड’का रूपमा आफूलाई स्थापित गराउँदै आएका छन्।

​भूमि समस्या समाधान आयोग चितवनका निवर्तमान अध्यक्ष समेत रहेका लामा अचेल प्रायः आफ्नै निजी सवारी साधनमा दिन–दुःखी, अशक्त, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीहरूलाई अस्पताल पुर्‍याउन व्यस्त देखिन्छन्। असहाय र बिरामी जनताको सुख-दुःखमा निरन्तर खटिनु नै उनको मुख्य दिनचर्या बनेको छ।

​कहिले भरतपुरस्थित क्यान्सर अस्पतालमा बिरामीलाई ‘किमो’ चढाउन सहयोग गरिरहेको अवस्थामा त कहिले मिर्गौला पीडितहरूको डायलाइसिसका लागि चितवन मेडिकल कलेज (सिएमसी) मा डाक्टरहरूसँग समन्वय गरिरहेको अवस्थामा उनी भेटिन्छन्।

​यसैक्रममा आज (बुधबार) पनि उनी राप्ती नगरपालिका वडा नं. ४ र ६ का २९ वर्षीय दीपेन चौधरीको उपचार र सहयोगका लागि अस्पतालमा निरन्तर खटिएका छन्। पदमा रहँदा मात्र नभई, पदमुक्त भएपछि पनि नागरिकको सारथि बनेर लामाले देखाएको यो निस्वार्थ भावनाको स्थानीय स्तरमा उच्च प्रशंसा भइरहेको छ।