२०८३ वैशाख १८, शुक्रबार
४:०८:१६ दिउँसो

नारायणगढमा क्याम्पाचौर फुड फेस्टिबल सुरु

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ माघ १, मंगलबार

चितवन, माघ १ –
चितवनको नारायणगढमा क्याम्पाचौर फुड फेस्बिटल सुरु भएको छ । १५ औं संस्करणको चितवन महोत्सव अन्तर्गत नै चितवन महोत्सव र नेवा पुचः नारायणगढको आयोजनामा फुड फेस्टिबल सुरु भएको हो ।

फुड फेस्टिबलको सोमबार साँझ भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । फेस्टिबल माघको ७ गतेसम्म चल्ने छ । चितवन महोत्सवको अवसर पारेर सँधै फुड फेस्टिबल गर्ने गरिएको छ ।

नेवा पुचः नारायणगढका द्दित्तिय उपाध्यक्ष श्याम कृष्ण श्रेष्ठले चितवनका पर्यटकीय गन्तव्यमा आएका आन्तरिक तथा बाह्य पर्यटकसहित चितवन महोत्सव घुम्न आउनेहरुलाई लक्षित गरी फुड फेस्टिबल सुरु गरिएको बताए ।

फेस्टिबलमा विभिन्न होटल तथा रेष्टुरेन्टहरुले विभिन्न खानाका परिकार बनाएर फेस्टिबलमा आउनेहरुलाई खुवाउने छन् । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकारहरु फुड फेस्टिबलमा उपलब्ध गराइने श्रेष्ठको भनाइ छ ।

फुड फेष्टिबल हुने क्षेत्रमा विभिन्न आर्कषक झिलिमिली बत्तिहरुसहित सजाइएको छ । फुड फेस्टिबलमा दैनिक सांस्कृतिक कार्यक्रम समेत हुने श्रेष्ठले जानकारी दिए । फुड फेस्टिबलमा दुई दर्जनभन्दा बढी स्टल रहेका छन् भने स्टल थपिन क्रम जारी छ ।

फेस्बिटलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेस्बिटल बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.56
152.16
1
177.58
178.28
1
205.10
205.91
1
193.06
193.82
1
108.60
109.03
1
110.96
111.40
1
118.86
119.33
10
9.68
9.72
1
22.20
22.29
1
41.58
41.74
1
4.66
4.68
1
41.26
41.43
100
10.29
10.33
1
16.41
16.47
1
23.77
23.86
1
19.35
19.43
1
494.08
496.04
1
401.32
402.91
1
393.64
395.20