२२ मंसिर २०८१
मकवानपुर । तामाङ पत्रकार संघ बागमती (नेवा ताम्सालिङ) प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बागमती प्रदेशको राजधानी हेटौंडा, मकवानपुरमा सम्पन्न ऐतिहांसिक दोस्रो अधिवेशनबाट अध्यक्षमा ज्ञानेन्द्र तामाङ सहित दश सदस्यीय प्रदेश समिति सर्वसम्मत तवरले निर्वाचित भएको हो ।
हेटौंडा उप महानगरका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन तथा सम्मान समारोह-२०८१ को विशेष अतिथिको रुपमा रेडियो नेपालको कार्यकारी निर्देशक अमरध्वज लामा बल रहेका थिए भने अतिथिहरुमा तामाङ पत्रकार संघ संघीय समितिका उपाध्यक्ष नेत्र तामाङ, सचिव शिशिर दोङ लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत रहेका थिए ।
उक्त अधिवेशनको लिला घलानको संयोजक नेत्र लामा, चमार सिं लामा)शिशिर दोङ र उर्गेन लामा सहितको अध्यक्ष मण्डलले उल्लेखित कार्यसमिति चयन गरिएको हो ।
१)अध्यक्ष-ज्ञानेन्द्र तामाङ (चितवन)
२)उपाध्यक्ष-जगतमान तामाङ (काभ्रे)
३)सचिव-दिल बहादुर तामाङ (मकवानपुर)
४)सह-सचिव-मायालु लामा (काठमाडौ)
५)कोषाध्यक्ष- पेमा लामा दोङ (दोलाखा)
सदस्यहरुः
१)श्यामलाल लामा (काठमाडौ)
२)फुर्वा तामाङ (दोलाखा)
३)नवराज वाईबा (मकवानपुर)
४)बबिलाल तामाङ (चितवन)
५)विकास वाईवा (काभ्रे)
बांकि पछि बैठकबाट मनोनित गर्ने गरि सर्वसहमत रुपमा नयां कार्यसमिति चयन गरिएको हो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा बललाई नगद सहित सम्मान गरेका थिए भने तामाङ पत्रकार संघ चितवन जिल्ला शाखालाई उत्कृष्ट जिल्ला शाखाको रुपमा पुरस्कृत गरेका थिए ।
तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्षमा ज्ञानेन्द्र तामाङ निर्वाचित



यो पनि पढौँ


ताजा खबर
सबै
एनसिएफ नेपाल बागमती युवाद्वारा ३ दिने फोटोग्राफी तालिम सम्पन्न

चितवनका विकट चेपाङ बस्तीमा ‘सुन्दर नेपाल सरसफाइ अभियान’द्वारा राहत वितरण

निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी

विद्यालयमा र्याकले चेपिएर बालकको मृत्यु: ३ लाखमा मुद्दा मिलाउन खोजिएको भन्दै आक्रोश









































