२०८३ वैशाख १६, बुधबार
८:३१:५४ बिहान

प्रथम राप्ती ख्रीष्टमस कप वडा नम्बर ६ को पोल्टामा

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ मंसिर २५, मंगलबार

२५ मंसिर २०८१
राप्ती।
प्रथम राप्ती ख्रीष्टमस फुटबल कप राप्ती ६ ले हात पारेको छ। राप्ती ख्रीष्टियन जवान संगती द्वारा आयोजना गरिएको कार्यक्रम गत २२ गते शुरु भएको हो।

राप्ती ५ स्थित शिखर खेल मैदानमा भएको आजको फाइनल खेल राप्ती २ र ६ नम्बर वडाको बिच कडा प्रतिस्पर्धा भएको थियो। खेलको पहिलो हाल्फ र दोस्रो हाल्फमा समेत गोल गर्न नसकेपछी पेनाल्टी खेलेका थिए। पेनाल्टी खेलमा राप्ती २ ले ३ गोल गरे भने राप्ती ६ ले ४ गोल गरेर सोही वडा बिजेता हुन सफल बन्यो।

वडा नम्बर ६ का टिम कप्तान गायस लामाले खेलको जित हासिल गरेकोमा खुशी ब्यक्त गर्दै सबैलाई धन्यवाद दिन भ्याए। बिजेता पहिलो टिमले पच्चीस हजार नगद पुरस्कार, मेडल, प्रमाणपत्र सहित प्रथम राप्ती ख्रीष्टमस कप उचाले भने द्वितीय टिम वडा नम्बर २ ले पन्ध्र हजार नगद पुरस्कार, मेडल सहित प्रमाणपत्र प्राप्त गरे।

ख्रीष्टमसको अबसरमा आयोजित ´प्रथम राप्ती ख्रीष्टमस कप – २०२४´ समापन कार्यक्रममा राप्ती नगरपालिकाका निबर्तमान उपमेयर ईमानसिङ लामा, राप्ती नगर ईसाई समाजका अध्यक्ष सोमिलाल मोक्तान, छिमेकी प्रार्थना सन्जालका अध्यक्ष बिनोद पुन, समाजसेवी, पत्रकार, खेलप्रेमी दर्शक लगायतका बाक्लो उपस्थिति रहेको थियो।

खेलको संचालन लगायतका भुमिकामा राप्ती ख्रीष्टियन जवान संगतिका अध्यक्ष एवम् खेल संयोजक प्रकाश सुनारले सहजीकरण गरेका थिए। उनले खेल कार्यक्रम सफल पार्न प्रार्थना सहित सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गरे।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68