२०८३ वैशाख १६, बुधबार
९:१९:२० बिहान

प्रथम राप्ती ख्रीष्टमस कपको फाईनल आज, राप्ती २ र ६ भिड्दै

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ मंसिर २५, मंगलबार

२५ मंसिर २०८१
राप्ती।
प्रथम राप्ती ख्रीष्टमस फुटबल कप आज दिउँसो फाईनल हुँदैछ। राप्ती ख्रीष्टियन जवान संगती द्वारा आयोजना गरिएको कार्यक्रम गत २२ गते शुरु भएको हो।

राप्ती ५ स्थित शिखर खेल मैदानमा भएको हिजोको सेमिफाइनल खेलमा राप्ती ५ संग ६ र ११ नम्बर वडा संग २ नम्बर वडा प्रतिस्पर्धा गरेका थिए। जसमा वडा नम्बर २ र ६ नम्बर वडाले सेमिफाइनल जित हासिल गरेसंगै आज फाईनलमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। वडा नम्बर ६ का टिम कप्तान गायस लामाले आज हुने फाईनल खेलमा आफ्नो वडाको टिमले जितेर छाड्ने बताएका छन, यसो त २ नम्बर वडाको टिमले समेत हामी जितेर छाड्छौं भन्ने अभिव्यक्ति दिईसकेका छन। आजको खेलको रौनकता अझ राम्रो र कडा हुने देखिएको छ। बिजेता पहिलो टिमले पच्चीस हजार नगद पुरस्कार, मेडल, प्रमाणपत्र सहित प्रथम राप्ती ख्रीष्टमस कप उचाल्नेछन भने द्वितीय हुने टिमले पन्ध्र हजार नगद पुरस्कार सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन।

ख्रीष्टमसको अबसरमा आयोजित ´प्रथम राप्ती ख्रीष्टमस कप – 2024´ का संयोजक एवम् राप्ती ख्रीष्टियन जवान संगतिका अध्यक्ष प्रकाश सुनारले खेलद्वारा प्रभु येशुको जन्मोत्सव झल्किउन र खेलको माध्यमद्वारा सबै मानिसमा एकता कायम हुन सकुन भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले आज हुने फाइनल खेलमा महिलाहरुको बिचमा मैत्रीपुर्ण खेल समेत हुने जानकारी दिए। आजको खेल दिउँसो १ बजेबाट शुरु हुने भएकोले खेलप्रेमी सबैलाई समयमा उपस्थित हुन अपिल गरेका छन्।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68