२०८३ वैशाख १६, बुधबार
९:१४:५६ बिहान

राप्तीका इसाई समाजले ४ दिने बार्षिक उत्सव मनाईने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० फागुन १४, सोमबार

राप्ती।
१४ फाल्गुन २०८०
पुर्बी चितवन राप्तिमा नगर ईसाई समाजले ४ दिने बार्षिक उत्सव तथा प्रार्थना सभा कार्यक्रम गर्ने भएको छ।

राप्ती ७ स्थित बिरेन्द्रनगरको हेब्रोन चर्चमा आज एक कार्यक्रमका बिच राप्ती नगर ईसाई समाजले बार्षिक उत्सव तथा प्रार्थना सभा कार्यक्रम गर्ने निर्णय गरेको हो। कार्यक्रम आउँदो चैत्र महिनाको ८ गतेदेखि ११ गतेसम्म राप्ती – ७ स्थित मङ्गलटांडी फुटबल खेलमैदानमा गरिने आयोजकले जनाएको छ।

देशभित्र व्याप्त रुपमा बढ्दै गएको आपसी द्वन्द, राजनीतिक अस्थिरता, सामाजिक वैमनस्यताले देशमा झनै दुर्दशा र अशान्ति थपिरहेको औल्याउँदै देशको शान्ती, मेलमिलाप र देश बिकाशको लागि आफुहरुले ४ दिनसम्म प्रार्थना गरि कार्यक्रम गरिने राप्ती नगर ईसाई समाजका अध्यक्ष सोमीलाल मोक्तानले बताउनुभयो।

४ दिने कार्यक्रममा डेस्टिनी इन्काउन्टर इन्टरनेसनल नेपालका राष्ट्रिय संयोजक सोलमन लामाले समन्वयन साथै सहजीकरण गर्ने बताईएको छ। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिशिस्ट प्रचारकहरुबाट प्रबचन दिईनुका साथै मनोरञ्जनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गायक, संगीतकार एवं चर्चित क्वायर संगति झुण्ड सहितको कलाकारहरु उपस्थित हुनेछ।

राप्ती नगरपालिका भित्रका करिव ९५ भन्दा बढी मण्डलीहरु लगायत छिमेकी मण्डलीहरुबाट गरी करिब पाँच हजार बढी मानिसहरुको संयुक्त सहभागीतामा कार्यक्रम गर्न लागिएको हो।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68